समाचार

दुर्घटनामा ४ घाईते

बुधबार तनहुँमा भएका २ छुट्टाछुट्टै दुर्घटनामा ४ जना घाईते भएका छन् । पृथ्वीराजमार्गको शुक्लागण्डकी खण्डमा दुर्घटना भएको हो । शुक्लागण्डकी नगरपलिक–४ दुलेगौडास्थित पोखराबाट दमौली आउँदै गरेको ग १ झ ४६१ नम्बरको टाटा गाडीसँग सोही दिशाबाट आउँदै गरेको लु ६५ प ९५९६ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक शुक्लागण्डकी नगरपलिका–८ का २० बर्षीय देवेन्द्र श्रेष्ठ र मोटरसाईकल पछाडी सवार १९ बर्षीया अनु भट्टराई घाईते भएको प्रहरीले जनाएको छ । यस्तै, शुक्लागण्डकी नगरपलिका–७ कुम्लेखोलामा सेराटारबाट खैरेनीटारतर्फ आउदै गरेको ग ६ प १९५ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको ग १७ प ९७०४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ग ६ प १९५ नम्बरको मोटरसाईकल चालक रूकुमको आठविसकोट नगरपालिका–५ का २० बर्षीय पवन चन र पछाडी सवार तनहुँको म्याग्दे गाँउपालिका–३ का २४ बर्षीय विवश थापा घाईते भएको तनहुँ प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button