समाचारAllUncategorized

शहिद प्रतिको सम्मान नै राष्ट्र र लोकतन्त्र प्रतिको सम्मान हो –पूर्वमन्त्री जोशी

दमौली खबर संवाददाता दमौली, १६ माघ । नेपाली काँग्रेसका नेता तथा पूर्वगृह मन्त्री गोविन्दराज जोशीले सहिद प्रतिको सम्मान नै राष्ट्र र लोकतन्त्र प्रतिको सम्मान भएको बताउनु भएको छ । सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिनुहुँदै उहाँले शहिदको कार्यलाई हामी सबैले अबलम्बन गर्न सकियो भने मात्रै शहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नुभएको छ । लोकतन्त्र प्राप्तीको लागि शहिदले धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै नेता जोशीले शहिदको कार्यलाई हरेकले जिम्मेवारी बहन गर्नु पर्ने सन्देशमा जनाउनु भएको छ । ‘‘शहिदले बगाउनु भएको रगत त्यसै खेर फाल्न हुँदैन’’ नेता जोशीले भन्नुभएको छ ।

Show More

Related Articles

Back to top button