हेडलाईनसमाचार

आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन सम्पन्न

दमौली खबर संवाददाता
दमौली, भदौ २२ । व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसको संचालक समिति निर्वाचन बुधवार दिउसो क्याम्पसमा सम्पन्न भएको छ ।  उक्त निर्वाचनको कुल मतदाता संख्या ८९५ जना रहेकोमा ६३७ जना अथवा ७१% मतदाताहरुले मतदान गरेका थिए । भदौ १८ गते उद्घाटन भएको क्याम्पसको ११ औ साधारण सभा अन्तर्गतको क्याम्पस संचालक समिति निर्वाचन कार्यक्रम भदौ १९ गतेबाट प्रारम्भ भएको थियो । नेपाल बार एशोसिसन, तनहुँ बार ईकाई सचिव अधिवक्ता  प्रतिनिधि त्रैलोक्य वाग्लेको संयोजकत्वमा गठन भएको क्याम्पस संचालक समिति निर्वाचन प्रबन्ध समितिमा नेपाल पब्लिक क्याम्पस संघ प्राध्यपक, इकाई सभापति उपप्राध्यापक विजयराज खनाल र उपसभापति उपप्राध्यापक चिरन्जीवि बस्नेत सदस्य रहनुभएको थियो ।
बिहान ९ बजेबाट प्रारम्भ भएको मतदान दिनको ४ बजे सम्पन्न भएको थियो मतदानकालागि टाढा–टाढाबाट मतदाताहरु क्याम्पसमा आउनु भएको थियो । क्याम्पस नियावली अनुसार ०६३ साल पहिला २ हजार, ०६३ साल पछि ५ हजार र ०७२ सालपछि १० हजार भन्दा बढि रकम क्याम्पसलाई आर्थिक सहायता गर्ने र साथै जग्गादाता, छात्रवृतिकोष संस्थापक, अथवा अभिभावक, विद्यार्थी संघसंगठन, जेहेदार विधार्थी र क्याम्पस संचालक समिति, क्यामपसको साधारणसभा सदस्य बन्ने प्रावधान रहेको छ । यस्ता साधारण सदस्यहरुको संख्या करिब घद्ध सय रहेको छ । तिनीहरुमध्ये यस वर्ष साधारण सदस्यको परिचय पत्र नवीकरण गर्ने८९५ जना साधारणसभा सदास्यहरुले मताधिकार पाएका थिए । मतदानको परिणाम अनुसार खुल्ला सदस्य तर्फ अपार पौडेलले ३९४ ( विजयी), प्रा.डा.  ईश्वरचन्द्र वाग्लेले २९३ (विजयी), कृष्णहरी ग्रैहेले २२७, चक्र बहादुर अधिकारीले ११२, चिरौकाजी बतासले ७६, चुणामणी दाहालले २१०, दिर्घ बहादुर थापाले ७९, ध्रुवराज पण्डितले ८३, प्रदिप काफ्लेले  ३१६ ( विजयी), मोहन गिरीले ४६१ ( विजयी), राजु दाहालले १६१, विष्णु बहादुर बस्नेतले २५८ (विजयी), लक्ष्मीकान्त मिश्रले २५७, लक्ष्मिभक्त खनाल ४५२ (विजयी), डा. शेषरमण न्यौपनेले २१५, सहवीर उचाई ठकुरीले २९९ ( विसयी) र सुरेन्द्र पौडेलले ११४ मत प्राप्त गर्नुभएको छ ।
ठाकुर दरै ४४१ ( विजयी), रनसिंह नेपालीले १०३, विवेक भट्टराईले ४४६ (विजयी) र सोमराज सिग्देलले ४०६ ( विजयी) मत पाउनु भएको थियो। यसै गरि आरक्षणतर्फ जनजाती कोटामा बुद्धिमान श्रेष्ठ र सुर्ज कुमार मल्ल, महिला कोटामा शुशिला शर्मा, सृजना तिवारी, कल्पना कोइराला पोख्रेल, दलित सदस्य तर्फ, जग्गादाता एवं अल्पसंख्या कोटामा खरसिंह दरै र पुस्तकालय तर्फ हेम पौडेल निर बहादुर मल्ल ठकुरी, प्रेम बहादुर राउत अभिभावक सदस्य तर्फ सरिता थापा भण्डारी र चिज बहादुर दरै निर्विरोध निर्वाचित हुनु भएको छ । बुधवार साँझ भएको मतगणनाको अन्त्यमा निर्वाचन प्रबन्ध समितिले निर्वाचन घोषणा सभाको आयोजना गरेको थियो ।निर्वाचन प्रवन्ध समितिका अध्यक्ष त्रैलोक्य अहिलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमल्सेनाले सम्पूर्ण विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गर्नुभएको थियो ।  कार्यकममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले पनि बधाई ज्ञापन गर्नु भएको थियो भने निर्बाचन प्रवन्ध समितिका सदस्य विजयराज खनालले गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन  समितिका सदस्य चिरन्जीवि बस्नेतले गर्नुभएको थियो
Show More

Related Articles

Back to top button