हेडलाईनसमाचारAll

एक करोड भन्दा बढी ठगेर दमौलीमा व्यापार गर्ने नुर आलम फरार

दमौली खबर संवाददाता
शंकरराज नहर्की
दमौली, कात्तिक १५ ।
व्यास नगरपालिका वडा नं. २ न्यूरोड टोलमा विगत लामो समय देखी सञ्चालित सबनम कपडा पसल सञ्चालन गर्दै आइरहेका धनुषाका महमद नुर आलमले विभिन्न व्यक्तिहरुबाट ठुलो रकम उठाएर परिवार सहित फरार भएका छन् । दशैं अगाडी देखिनै  परिवार सहित आफुले सञ्चालन गरेको कपडा पसलमा ताला लगाइ भागेपछि दमौली वरपरका विभिन्न व्यक्तिहरुको एक करोड भन्दा बढि रकम उठ्ने नउ्ठ्ने कुनै ठेगान छैन् ।
लामो समय देखी पसल बन्द भएपछि घरधनी राममाया श्रेष्ठले वडा कार्यालयमा उजुरी दिनु भएको थियो  । उजुरीको म्याद पुगेपछि व्यास नगरपासलिका २ का वडाध्यक्ष काशीराम श्रेष्ठ,व्यास, व्यास नगरपालिकाका प्रशासकिय अधिकृत रामचन्द्र हड्खले, व्यास–२ का वडास सदस्य सुरेश वाग्ले, नगरप्रहरी सहायक निरिक्षक आशिक परियार लगायतको टोलीले उक्त पसलमा लगाइएको ताला मंगलवार खोलेको छ । ताला खोलेपछि सरजीमिन मुचुल्का उठाई ६ महिना सम्म उक्त समान राख्ने र कानुन बमोजिम अगाडी बढ्ने व्यास– २ का वडा सदस्य सुरेश वाग्लेले जानकारी दिनुभयो ।
     पसल सञ्चालक आलमले व्यास नगरपालिका आसपाका स्थानिय व्यपारी तथा सर्वसाधारणहरुलाई मासिक ५ प्रतिशत सम्म व्यास दिने प्रलोभन देखाई एक करोडभन्दा बढी रकम उठाएर फरार रहको व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिनुभयो  । पसल सञ्चालक आलमले घर धनिलाई बैशाख देखी भाडा नदिएको, दमौलीका मजिदा खातुन सँग २७  लाख, शुशिला देवीबाट १० लाख, मुनिलाल शाहबाट ८ लाख, बिष्णु थापाबाट ७ लाख लगायत अन्य व्यक्तिहरुबाट पनि रकम उठाएर  फरार भएको बताइएको छ । यसरी बढी व्याज दिने लोभमा कपाली तमसुक गरी रकम उठाउनेहरु सित सम्पूर्ण नगरबासीहरु सजग रहन जरुरी देखिन्छ ।
Show More

Related Articles

Back to top button