हेडलाईनसमाचारAllखेलकुद

मेयर कपको उपाधि नव युवालाई

तनहुँ, भदौ १५ । दमौलीमा सञ्चालन गरिएको प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ स्थित नव युवा क्लब ए हाइस्कुलटारले जितेको छ । बुधबारको फाइनलमा नव युवा क्लब  ले न्यू बुद्ध एफसी भानु १ लाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा बिजेता हुने नव युवा क्लबलाई २ लाख २ हजार २ सय २२ र उपबिजेता हुने न्यू बुद्ध एफसीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारी, जिल्ला समन्वय समिति तनहुँका प्रमख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै केन्द्रिय सदस्य भण्डारीले यस्ता प्रतियोगिताले खेलाडीको मानसिक, शारीरिक र संवेगात्मक विकास गर्न मद्धत पुग्ने बताउनुभयो । साथै उहाँले खेलकुदको माध्यमले देशलाई चिनाउन मद्धत पुग्ने हुँदा खेल क्षेत्रलाई राज्यले लगानी बढाउन आवश्यक परेको बताउनुभयो । व्यास नगरपालिका–४ स्थित शितलचोक युवा क्लबद्धारा आयोजित प्रतियोगितामा ४२ वटा टिमको सहभागिता रहेको थियो ।
Show More

Related Articles

Back to top button