शुभकामना

तनहुँ जिल्लावासीहरुमा हार्दिक अपिल !

गोविन्दराज जोशी
पूर्व सह–महामन्त्री
नेपालि काँग्रेस

 

 

विजया दशमी २०७७ को पावन अवसरमा सर्व प्रथम स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु । कोभिड १९ को संङ्क्रमणले ग्रस्त विश्वबाट नेपाल पनि अछुतो रहेन । यस दःुखद् घडीमा आएको यो महान् चाडका अवसरमा केवल दुःखमा दुःख मिसाउनु बाहेक मसँग अरू विकल्प छैन । त्यसैले शुभकामना मार्फत् केवल तपाईंहरूसँग यो दुःखको हातेमालो मात्र गरेको हुँ । यस्तो दुःखद् घडीमा आफूले केही नगर्ने र अरूलाई पनि केही गर्न नदिई बाटो छेक्ने तनहुँ काङ्ग्रेसको दुष्ट र स्वार्थी नेतृत्वको पीडामा रहेका दाजुभाइहरू तथा दिदी–बहिनीहरूलाई साथ दिन नसक्ने हैसियत बन्दा आज तनहुमा काङ्ग्रेसको सान, मान र सम्मान सबै स्वाहा भएको छ । यो अवस्थामा पनि काङ्ग्रेस नेतृत्व सुध्रिने कुनै सम्भावना नदेख्दा तनहुँ काङ्ग्रेसका तमाम कार्यकर्ताहरू र उनीहरूबाट आशा लिएका आम नागरिकहरू मर्माहत भएका छन् र हुनु पनि स्वाभाविकै हो । झनै काङ्ग्रेसको नेतृत्वमा रहेका स्थानीय निकायहरू स्वार्थी, पदलोलुप र निकम्मा भइदिदा त्यसमा आश्रित जनता अझै मर्माहत भएका छन । त्यसैले समयमै सोच्न नसके तनहुँको सान, मान र सम्मानमा अझै क्षति हुने र तनहुँ काङ्ग्रेसका कार्यकर्ताहरूले अझ बढी क्षति व्यहोर्नेु पर्ने प्रायः निश्चित छ ।

                            स्थानीय निकाय, सङ्घीय र प्रदेशको निर्वाचन नजिकिदै छ । विगतको सङ्घीय, प्रदेश र स्थानीय निकायहरूमा भएको टिकट वितरणबाट यी दुष्टहरूप्रति विश्वास गर्ने कुनै आधार र कारण छैन । माहामानव वी. पी. कोइरालाले कांग्रेसका कार्यकर्ताहरुले प्रजातन्त्रको पुनस्थापना पछि फेरी एक पटक सुकिला मुकिलाहरुवाट कांग्रेसलाइ मुक्ती दिलाउन पार्टि भित्रै आन्दोलन गर्नु पर्ने अवस्था सृजना हुनेछ भन्नु भएको दिन आइ सकेको मैले महसुस गरेको छु । त्यसैले फेरी एकपटक सवै निस्टावान अपहेलित पिडित र अपमानित भएर वस्नु भएका कांग्रेस नेता तथा कार्यकर्ताहरु पुन पार्टिलाइ सहिवाटोमा हिडाउन एक पटक पार्टि भित्रै आन्दोलनमा अग्रणि भुमिका निर्वाह गर्नु पर्ने समय आएको छ । त्यसकालागी अव आफनो टिकट आफै लिऔं भन्ने कार्यक्रमका साथ कोरोना सङ्क्रमणबाट देशले छुटकारा पाउना साथ जनताका वास्तविक प्रतिनिधिहरू सबैतहमा स्थापित गराउन राम्रा व्यक्तिहरू सबै तहमा जिताऊ भन्ने अभियान लिएर म तपाईंहरूको गाउँ–घरमा उपस्थित हुने अठोट गरेको छु । मेरो उपस्थितिमा सबै तहको आगामी निर्वाचनमा पार्टिको टिकट किन्न नसक्ने र कांग्रेस नेतृत्वको निकट नातामा नपरी चुनाव लडन वाट वन्चित हुनु पर्ने अवस्था वाट मुक्ती पाउन जनताको मान, सान र सम्मान कायम राख्ने प्रतिनिधिहरू तय गरी सबैतहमा इमान्दार व्यक्तिहरू विजयी गराउने अभियानमा तनहुँ बासी सबै दाजुभाइ दिदी–बहिनीहरूको साथ र सहयोग मिल्ने छ भन्ने विश्वास मैले लिएको छु । यो विजया दशमी २०७७ को पावन अवसरमा म यही प्रण गर्दछु र समग्र दाजुभाइ तथा दिदी–बहिनीहरूलाई पनि यो कायक्रम र अभियानमा सक्रियताका साथ क्रियाशील हुन आह्वान समेत गर्दछु ।

Show More

Related Articles

Back to top button