हेडलाईनसमाचारAll

डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न रेडक्रसद्धारा दमौलीमा सचेतना कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता

तनहुँ, कात्तिक २

रगतको आपुर्ति, प्राकृतिक विपत व्यवस्थापनमा उद्धार, राहत र अस्थाई पुर्नवासमा साझेदारीसंगै महामारीको समयमा नेपाल सरकारसंग सहकार्य गर्दै आएको नेपाल रेडक्रस सोसाइटी पछिल्लो समयमा डेङ्गु सङ्क्रमणको नियन्त्रण र रोकथामको अभियानमा पनि जोडिएर काम गर्दै आईरहेको छ । जिल्लामा डेङगु संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियानमा जाडिएको हो ।

सङ्क्रमण रोक्न नेपाल रेडक्रस सोसाइटी तनहुँले डेङ्गु विरुद्धको एक महिने अभियान अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । जस अन्तर्गत अन्तर्गत मङ्गबार रेडक्रसले सचेतना कार्यक्रम गरेको हो । कार्यक्रमको प्रमुख अतिटि व्यास नगपालिका प्रमुख वैकुण्ठ न्यौपाने रहनु भएको थियो । सो अवसरमा न्यौपानेले डेंगु नियन्त्रण तथा रोकथामको लागि रेडक्रसले जिल्लाभरी विभिन्न सचेतना कार्यक्रम गरेर डेंगु नियन्त्रण गर्न अग्रणी भूमिका खेलेको बताउनुभयो । साथै उहाँले व्यास नगर भित्र डेंगु नियन्त्रण गर्न नगरपालिकाले लामखुट्टे वास स्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियानलाई सबैले साथ दिएर सफल पार्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश सरकारका स्वास्थ्य सचिव डा. बिनोदविन्दु शर्माले बोल्दै प्रदेश सरकारले सबैभन्दा बढी प्रभावित व्यासनगरपालिका भित्र र दमौली अस्पताल लगायतका अस्पतालहरुमा जनशक्ति थप गरेर मद्धत गरेको र अझै आवश्यक परे थप जनशक्ति तथा उपकरणहरु सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम रेडक्रसका केन्द्रीय सदस्य तथा तनहुँका सभापति प्रा.डा. कृष्ण प्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा, साहित्यकार तथा व्यासका अध्यता काशीनाथ न्यौपाने, नेपाल रेडक्रस सोईटी तनहुँको उपसभापति नारायणी अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराल रोकथामको उपाय, डेंगु रोग लाग्ने कारणका बारेमा जानकारी दिनुभएको थियो । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी जिल्लामा डेंगुको प्रभावको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाईटी तनहुँका मन्त्री सूर्यचन्द्र हड्खलेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा व्यास लगायत विभिन्न पालिका वडाध्यक्षहरु, युवा क्लब, आमा समुह, स्वास्थ्य स्वयमसेविका लगायतको गरी ५० जनाको सहभागिता रहेको थियो ।

डेङ्गु नियन्त्रण तथा रोगथामका लागि रेडक्रसले स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियान गरिरहेको छ । अभियानको क्रममा विद्यालयक शिक्षक, विद्यार्थी, जूनियर÷युवा रेडक्रस सर्कललाई पाँच पटक अभिमूखि कार्यक्रम, घरघरमा १५० जना स्वएम् सेवक परिचालन गरी सचेतना सम्बन्धि सूचना प्रवाह गर्ने, समुदाय स्तरको जनचेतनाको लागि उपशाखाका स्वायसेवकक, स्वास्थ्य स्वएम्सेविका, आमा समुह, युवा क्लब र वडा प्रतिनिधीहरुलाई एक पटक अभिमुखिकरण कार्यक्रम भईरहेको नेपाल रेडक्रस सोसाईटीका कोषाध्यक्ष प्रतापसिंह अधिकारीले जानकारी दिनुभयो । अभियान असोज १५ देखि सुरु भएको र आगामी काक्तिक १५ गते सम्म सञ्चालन गरिने नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले जनाएको छ ।

Show More

Related Articles

Back to top button