समाचारकोरोनाभाइरस

सांसद् श्रेष्ठलाई कोरोना सङ्क्रमण

दमौली खबर संवाददाता
तनहुँ क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानलाई कोराना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखा परेपछि शनिवार बिहान पिसिआर परिक्षणको क्रममा आफुलाई कोरोना संक्रमण पुष्टि भएको सांसद श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन् । कोरोना संक्रमण देखिएपनि सांसद श्रेष्ठले आफ्नो स्वास्थ्यमा कुनै असजिलो महशुस नभएको र सवैमा सुरक्षित रहन अनुरोध गरेका छन् । श्रेष्ठ काठमाण्डौ स्थित आफ्नै निवासमा आईसोलेसनमा बसेका छन् ।

Show More

Related Articles

Back to top button