Uncategorized

डि ल्याण्डको उपाधी भादगाँउको दोभान

दमाली खबर संवाददाता
फागुन १०

ब्यास नगरपालिका वडा नं. १० दुम्सीबजार स्थित डि ल्याण्ड क्लबद्धारा आयोजित तेस्रो डि ल्याण्ड कपको उपाधि ब्यास १ भादगाउँको दोभान युथ क्लबले हात पारेको छ । आयोजक डि ल्याण्ड सी संगको फाईनल खेलमा २–० गोल अन्तरले दोभान क्लब विजेता रहयो भने आयोजक डि ल्याण्डले उपविजेता भएको छ । प्रतियोगितामा प्रथमहुनेलाई रु. ५१ हजार १ सय ११ रकम सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने द्धतियलाई ३१ हजार १ सय ११ रकम सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले खेलाडीहरुलाई मध्येनजर गदै खेलमैदान निर्माण कार्यलाई जोड दिएको बताए । उनले खेलको माध्यम बाट आफनो ठाँउलाई चिनाउन सकिने बताए । त्यस्तै वडा नं. १० का वडा अध्यक्ष तुलसीराम सापकोटाले प्रतियोगिताले खेलाडीहरु बीच एक आपसमा राम्रो सम्बन्ध बनाउने बताए ।

 

Show More

Related Articles

Back to top button