Uncategorized

तनहुँमा हप्ता दिनमै ५५९ जनाले लिए सवारी पास

जिल्ला आएकाहरुको तथ्याङक नभएको प्रशासनको भनाई
दमौली खबर संवाददाता
चैत १८ दमौली
जिल्ला प्रशासन कार्यालय तनहुँबाट एक हप्ताको अवधिमा सवारी पास लिनेको संख्या उल्लेखनीय रहेको छ । सोमबार सम्म दुई पाङ्ग्रे दुई सय ८९ र चार पाङ्ग्रे दुई सय ७० गरी पाँच सय ५९ जनाले विभिन्न सवारीका पास लिएका छन् ।
नेपाल सरकारले कोरोना भाइरस कोभिड–१९ बाट बच्नको लागि देशभर गत मंगलबार लकडाउनको आब्हान गरेको थियो । लकडाउनका कारण आफ्नो घर जानबाट बञ्चित रहेका व्यक्तिहरुलाई पासको व्यवस्था घर पठाइएको हो ।  यसरी पास लिनेमा अधिकाँश मोटरसाइकल सवारीका रहेका छन् । सोमबार मात्रै चार पाङ्गे्र ६५ र दुई पाङ्ग्रे २२ गरी ८७ वटा पास जारी भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।  तनहुँ हाइड्रो,सडक,भवन निर्माणमा कार्यरत मजदुरहरुलाई सवारी पास प्रदान गरेर आ–आफ्नो घरमा जानको लागि पठाइएको जिल्ला प्रमुख अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो ।

दैनिक सवारी पास लिने संख्या बढिरहेका छन् । उहाँले भन्नुभयो ‘आवश्यकता हेरी दिनमा २५ देखि ६५सम्म सवारी पास दिने गरिएको छ ।’
आवश्यकता हेरी पासको व्यवस्था मिलाइएको छ उहाँले भन्नुभयो । ‘बिरामी भएका, मजदुरलाई घर पठाउन, सरकारी कर्मचारी, एम्बुलेन्स, खाद्यन्न बोक्ने,दूघ,तरकारी बोक्ने लगायतका अत्यवश्याक सवारीलाई पास प्रदान गरिएको हो ।’
पास लिन आउने मानिसहरुको दैनिक भीडभाड बढेसंगै काम गर्न भ्याईनभ्याई हुने गरेको कार्यालयका कम्प्युटर अप्रेटर गणेश अधिकारीले बताउनुभयो । सर्वसाधारणहरुको समस्यालाई मध्यनजर गर्दै प्रशासन कार्यालयले लकडाउन अवधिभर पास बितरण गरिने जनाएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय तनहुँले बाहिर जिल्ला वा बिदेशबाट आएका व्यक्तिहरुको तथ्याङ्क प्रशासन कार्यालयमा नरहेको जनाएको छ ।
अन्य देशबाट आएका व्यक्तिहरुको सम्बन्धित वडाले नै तथ्याङ्क राख्ने भएकोले प्रशासनले खासै चासो नदिएको प्रजिअ अधिकारीले बताउनुभयो । बिदेशबाट आएका व्यक्तिहरुको हकमा सिधै क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था रहेकोले स्थानीय तहलाई नै जिम्मा लगाइएको उहाँले बताउनुभयो ।  वैदेशिक रोजगारीबाट फर्किएका तनहुँमा पाँच सय १० जना रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । करिब दुई साताको अवधिमा जिल्लाभित्र भारत, दुबई, कतार, अमेरिका, जापान, अष्ट्रेलिया,मलेसिया लगायतका विभिन्न देशबाट उनीहरु फर्किएको उहाँले बताउनुभयो ।

Show More

Related Articles

Back to top button