समाचार

ऋषिङमा अपाङ्गता समावेशी कार्यक्रम

माघ ३०, दमौली । नेपाल रेड्क्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजनामा समावेशी समुदाय निर्माणमा अपाङ्गता भएका ब्यक्तिहरुको सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । ऋषिङमा भएको कार्यक्रमका प्रमुख अतिथि गाँउपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ रहेका थिए । उनले कार्यक्रममा रेडक्रस तनहँु शाखाले ६५ लाख बराबरको कार्यक्रम लागु हुदा निकै खुशि ब्यक्त गरे ।


अपाङता भएका चार सय ६५ जनाको परिवारमा सम्पर्क गर्दा प्रत्येक घरको ४ जना सदस्य सँग सम्पर्क गर्दा एक हजार तीन सय १४ जना सम्म सम्पर्क हुने जनप्रतिनिधिको लागि झनै राम्रो कार्यक्रम भएको बताउदै उनले रेडक्रसलाई धन्यवाद व्यक्त गरे । कोभिडले थला परेको समयमा पहिरो जाँदा रेडक्रसले गरेको सहयोगप्रति आभार व्यक्त गरे । नेपाल रेड्क्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका सदस्य प्रदिप घिमिरेले कार्यक्रमले ऋषिङलाई धेरै सहयोग गरेको बताए ।

गाँउपालिकाका प्रशासकिय अधिकृत चण्डिका पौडेलले गाँउपालिका भित्रका विपत्का व्यक्तिलाई रेडक्रससँग समन्वय गरि सहयोग गर्दैआईरहेको बताए । गाँउपालिका उपाध्यक्ष गिनु माया थापा, वडा अध्यक्ष जंगबिर आले, स्वलम्बन समुहका संयोजक सन्त बहादुर थापा लगायतले कार्यक्रममा आफनो कुरा राखेका थिए । कार्यक्रमको गतिबिधिको बारेमा रेडक्रसका कार्यक्रम अधिकृत करुणा निधि भट्टराईले प्रस्तुत गरेका थिए ।

भने शाखाका उपसभापति ऋषि राम पोख्रेलले स्वागत मन्तव्य राखेका थिए । नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखाका सभापति कृष्ण हरि वाग्लेको अध्यक्षता भएको कार्यक्रम मन्त्री चिनु पोख्रेलले संचालन गरेकी थिईन् ।

Show More

Related Articles

Back to top button