समाचार

मानहँुकोटमा पुरुष मृत फेला

जिल्लाको व्यास ५ मानहुँकोटमा एक व्यक्ति मृत फेला परेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बनेको मानहुँकोटमा बुधबार १ पुरुष मृत फेला परेका हुन् । शुक्लागण्डकी ७ खैरेनीटारका ३५ वर्षीय सागर थापा मानहुँकोटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘हामीलाई ११ बजे जानकारी आएपछि अनुसन्धानमा गयौं, सागरको समूहले मानहुँकोटमा रात बिताएको बुझिएको छ,’ तिमिल्सिनाले भने । उनको बारेमा थप अनुुसन्धान भइरहेको तनहँु प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button