Uncategorizedजीवनशैली

” चितुवाबाट मृत्यृ भएको परिवारलाई सरकारले १० लाख दिन्छ “

वि वि श्रेष्ठ
शुक्लागण्डकी नपा –२,
प्रतिनिधिसभा सदस्य एवं तनहँु क्षेत्र न २ का सासद केदार सिग्देलले चितुवाको आक्रमणमा बाट ज्यान गुमाउनेको परिवारलाई सरकारले प्रति परिवार १० लाख प्रदान गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ को मसार दगाममा यहि श्रावण २१ गते चितुवाको आक्रमणमा परि एक बालकको ज्यान गएको थियो । ज्यान जानेमा स्थानीय विष्णुबहादुर रानाका छोरा नारायण राना रहेका थियो । सो परिवारलाई भेट्ने क्रममा सासंद सिग्देलले सो कुरा बताएका हुन् ।

“ गत २१ गते राति ७ वजेको समयमा एक्कासी चितुवाले छोरा लिएर गयो । विजुली पनि नभएको वेलामा आगँनमा रहेको छोरा लिएर गयो ”, भावविह्ल हुदै आमा कृष्णमाया थापा रानाले बताइन् । नजिक घरपनि नभएको कारण गाँउले पनि समयमा आउन सकेन । १८ महिनाको वालकलाई चितुवाले लगेपछि गाँउ नै सुनसान बनेको छ भने गाँउलेहरु पनि त्रासमा बसेको छ ।

घटना अत्यन्त दुखद भएको र अबको दिनमा थप सर्तकताका साथ रहनुपर्ने सासंद सिग्देलले बताएका छन् । सरकार जनताको हरेक समस्यामा चिन्तित छ, सरकारले पिडित परिवारलाई अबको केहि दिनमा १० लाख सहयोग दिने भएको हुदाँ त्यसले परिवार व्यवस्थापन गर्न आग्रह गरेका छन् । साथै खरको छानोलाई सुरक्षित आबास कार्यक्रम अन्र्तगत टिनको छानो बनाउन सम्वन्धित निकायलाई निर्देशन समेत दिएको छन् । जंगलको बिचमा घर भएको हुदाँ पनि बस्तीको बिचमा घर स्थानान्तरण गर्न पनि सिग्देलले आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस दुखद घडिमा सरकारले सकेको सहयोग गर्ने बताएका हुन् ।

मृतक परिवारजनलाई समवेदना दिनका लागी प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सशस्त्र बलका प्रमुख, जिलला वन कार्यलयका प्रमुख केदार बराल, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुखकुल प्रसाद तिवारी, शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमाल, नेकपा नेताहरु श्रीप्रसाद श्रेष्ठ, रामचन्द्र उपाध्याय, हरिराज कडेल लगायतको नेताहरु उपस्थिती रहेको थियो । सोही अवसरमा जिल्ला बन कार्यलयका प्रमुख केदार बरालले चितुवाको खोर स्थानिय बासिन्दालाई हस्तान्तरण गरेका थिए ।

Show More

Related Articles

Back to top button