हेडलाईनसमाचार

चर्चित मूर्तिकार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने

दमौली खबर संवाददाता
दमौली, भदौ २२ गते । चर्चित मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।
 दमौलीमा शुक्रबार पत्रकार सम्मेलन गरी श्रेष्ठले सो उम्मेदवारी घोषणा गर्नु भएको हो । आन्दोलनमा हुँदा र सत्तामा जाँदा दलहरुको स्वरुपमा र व्यवहारमा फरक पाएकोले स्वतन्त्र उम्मेदवारी दिने मूर्तिकार श्रेष्ठले बताउनु भयो । राजनीतिमा व्याप्त अवसरवादका विरुद्ध र राष्ट्रघात, वैदेशिक हस्तक्षेप, परनिर्भरता, भ्रष्ट्राचार, विसंगति, विकृतिका विरुद्ध प्रतिपक्ष विहिन संसदको भूमिका निर्वाह गर्न र परिआए राज्य सञ्चालनमा पनि केही भूमिका निर्वाह गर्न चुनाव लड्ने घोषणा गरेको श्रेष्ठले बताउनुभयो  । हाल जनताले परम्परागत विचार र पुराना अनुहार होइन नयाँ विचार र नयाँ अनुहार खोजेको उल्लेख गर्दै आफ्नो व्यक्तित्व, विचार, दृष्टिकोण, कार्यक्रम र लोकप्रियताले चुनाव जित्ने बताउनुभयो ।
Show More

Related Articles

Back to top button