Uncategorizedपत्रपत्रिकाबाट

गाँँउ गाँउमा राहत बाड्दै सगरमाथा समुह

दमौली, कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका ३२ परिवारलाई राहत वितरण गरिएको छ । तनहँुको व्यास नगरपालिका वडा नं ७ का बोटेटारमा समस्यामा परेका ३२ जनालाई सगरमाथा समुह (ईमो गु्रप)ले राहत वितरण गरेको हो । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको समुहकी सचिव ज्यानि गुरुङले बताईन् ।

उनीहरुलाई प्रति परिवार एक बोरा चामल, दाल र नुन २र १ किलो, एक लिटर तोरीको तेल डेटल र साबुन वितरण गरिएको थियो । अधिकांश घरलगायत निर्माणको काममा खटिने मजदुर, बोटे माझी लकडाउनका कारण समस्यामा परेको जानकारी पाएपछि वडा कार्यालयसँगको समन्वयमा राहत वितरण गरिएको समुहका अध्यक्ष बाग धन दुमी राईले बताए । व्यास नगरपालिका वडा नं ७ अध्यक्ष शतिसचन्द्र न्यौपानेको उपस्थितिमा राहत वितरण गरिएको थियो । सामाजिक दुरी कायम राख्दै समुहले राहत वितरण गरेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष न्यौपानेले लकडाउनले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मर्कामा पारेको र वडा लगायत अन्य संस्थाले राहत वितरण गरि सहयोग गदै आएको बताए । लकडाउनका कारण वास्तवमै मर्कामा परेका मजदुर र विपन्न समुदायलाई वडाले पनि राहत वितरण गरेको थियो । विश्वको विभिन्न देशमा रोजगारी गदै आएका नेपालीहरुले मिलि उक्त समुह संचालन गरिएको अध्यक्ष राईले बताए । २५ जना भन्दा बढी सदस्यरहेको उक्त समुहले यस अघि पनि विभिन्न ठाँउमा सहयोग गदै आईरहेको छ । विदेशमा रहेको विभिन्न नेपाली नागरिकले सहयोग गरेको रकमबाट लकडाउन बाट प्रभावमा पर्न थालेकालाई समुहले सहयोग गर्न सूरु गरेको छ । समुहले व्यास ४,५ र६ मा पनि राहत वितरण गर्ने सोच राखेको छ ।

Show More

Related Articles

Back to top button