समाचार

म्याग्देमा एकल महिला सशक्तीकरण समिति गठन ,अध्यक्षमा धनमायाँ

विकास खनाल
तनहुँको म्याग्दे गाउँपालिकाले गाउँपालिका स्तरीय एकल महिला सशक्तीकरण समिति गठन गरेको छ । समितिको अध्यक्षमा धनमायाँ आले , उपाध्यक्षमा मधु कुमारि हमाल , सचिवमा कमला कुमाल , सहसचिवमा कृष्णा मायाँ बस्याल , कोशाध्यक्षमा पदम माया थापा रहेका छन् । यसैगरी समितिको सदस्यहरूमा सिर्जना विक , विष्णु लम्साल , कमला परियार , मिस्रि परियार , दलमायाँ पुन , लक्ष्मी थापा मगर , सरला अधिकारी , पदिमायाँ क्षेत्री रानाभाट , दुर्गामायाँ घर्ती , कल्पना अधिकारी , जसोदा गुरूङ , इश्वरी श्रेष्ठ , सत्यकला न्यौपाने , बुद्धि माया विक र टुल माया पुन रहेका छन् ।

त्यसअघि भएको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले एकल महिलाको पक्षमा आँफु र आफ्नो पालिका रहेको बताइन् । म पनि एकल महिला हो तर कहिल्यै हिम्मत हारेको छैन रानाले भनिन् । हिम्मत नहार्नुस हामी साथमा छौँ , उनको भनाइ थियो । श्रीमानको निधन भए पछि कहिलेकाहीँ एक्लै भएँ , मेरो कोहि छैन भनेर मन अमिलो बनाउने , नियास्रो मान्ने , आत्तिने गर्छौं हामी , तर त्यस्तो कहिल्यै सोच्नुहुँदैन रानाले ढाडस दिँदै भनिन् ।

बोल्दाबोल्दै प्रमुख अतिथि राना नैँ भावुक भए पछि उपस्थित सबै महिलाहरूको आँखामा आँसु भरिएको थियो । भावुक हुँदै रानाले नारी दिवसको दिन म्याग्देले एकल महिलाको लागि स्वइच्छा अनुसार रातो टीका र पछेउरा बाँडेर सम्मान गर्ने कार्यक्रम रहेको बताइन् । यो हाम्रो ठुलो चुनौतिको काम पनि हो , हामी पुरानो रूढिवादि संस्कारलाई तोड्न चाहन्छौं रानाले भनिन् ।कार्यक्रममा विशिष्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले एकल महिलाको समस्या लाई हल गर्न सजिलो होस भनेर समिति गठन गरिएको बताए ।

म्याग्दे अहिले महिला मैत्री गाउँपालिका भएको र महिला लक्षित कार्यक्रम धेरै भन्दा धेरै ल्याएको घिमिरेले बताए । कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवम् वडा नँ १ का अध्यक्ष शिवसरण वाग्ले , बसन थापा , प्रेमबहादुर थापा बद्रीका घिमिरे , चिनिमायाँ आले , राधादेवि घिमिरे , फुलमायाँ नेपाली , पवित्रा खनाल , केशिमाया आले , केसिमाया बराल , निर्मला वाग्ले , आशादेवि गुरूङ ,अभिमान सिंह थापा लगायतका बक्ताहरूले मन्तब्य राखेका थिए । कार्यक्रम प्रदिप न्यौपानेले सञ्चालन गरेका थिए ।

Show More

Related Articles

Back to top button