हेडलाईनसमाचारAll

रोकिएन तनहुँमा डेङ्गुको संक्रमण, थप एक महिलाको मृत्यु

दमौली खबर संवाददाता

तनहुँ ,असोज २२ गते

तनहुँमा फैलिएको डेङ्गुको संक्रमणलाई नियन्त्रण तथा रोकथाम नहुँदा डेङ्गुबाट थप एक महिलाको निधन भएको छ । व्यास नगरपालिका–२ दमौली निवासी ३४ वर्षिया बिना श्रेष्ठको निधन भएको हो । श्रेष्ठको गण्डकी अस्पताल पोखरामा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

तनहुँमा डेंगुबाट पाँच जनाको मृत्यु भएको र हालसम्म चार हजार तीन सय ५५ जनामा डेङ्गु सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । सङ्क्रिमत मध्ये ८६ प्रतिशत व्यास नगरपालिकाको रहेको स्वास्थ्य प्रमुख अधिकारी बताउनुहुन्छ । मृत्यु हुनेमा पाँचै जना व्यास नगरपालिकाका रहेका छन् । गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ का ४ वर्षिय बालक र १३ वर्षीया बालिकाको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो । डेङगुको संक्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिबर्तन बरालले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button