समाचार

गण्डकीमा थपिए १ सय २४संक्रमित

मंगलबार गण्डकी प्रदेशमा थप १ सय २४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशभरका १ हजार २ सय ४ जनाको पिसीआर परिक्षण गर्दा ६ जिल्लाका उक्त संख्यामा संक्रमित थपिएका हुन् । १ हजार ८० जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य निर्देशनालयले गण्डकीले सार्वजनिक गरेको विवरणमा मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीमा ८२ जना छन् । तनहुँमा ११ जना संक्रमित थपिए । नहुँमा थपिएका संक्रमित ५ जना शुक्लागण्डकी नगरपालिकाका, घिरिङ गाउँपालिका ५ जना र भानु नगरपालिका १ जना रहेका छन् ।

यस्तै, गोरखामा १७ जना, स्याङजामा ६ जना, नवलपुरमा ५ जना र लमजुङमा ३ जनालाई कोरोना पुष्टी भएको हो । बाग्लुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङमा भने संक्रमित थपिएनन् । मंगलबार थपिएका संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११ हजार ३ सय १४ पुगेको छ । तीमध्ये ६ हजार ५ सय ४६ जना निको भएका छन भने सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय २७ रहेको छ । प्रदेशभर १ सय ४१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म प्रदेशमा १ लाख ५ हजार ९ सय ६५ पिसीआर परिक्षण गरिएको छ । तीमध्ये ९४ हजार ६ सय ५१ रिपोर्ट नेगेटिभ आएको छ ।

Show More

Related Articles

Back to top button