हेडलाईनसमाचार

देशमान दुरा स्मृति रनिङ कप फुटबलको उपाधि रिभरसाइडलाई

दमौली खबर संवाददाता
दमौली, कात्तिक २३ ।
तनहुँको व्यास नगरपालिका ६ सिसाघाट स्थित ग्यालेक्सी युवा क्लबद्वारा आयोजित स्वर्गीय जितबहादुर तथा देशमान दुरा स्मृति रनिङ कप फुटबलको उपाधि रिभर साइड युथ क्लब गुम्बा लमजुङले जितेको छ ।
 शिशाघाट खेलमैदानमा बुधबार भएको फाइनलमा रिभर साइड युथ क्लब गुम्बा लमजुङले क्रिएटिम युथ क्लब डडुवा लमजुङलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधि हात पा¥यो । निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि ट्राइब्रेकरको माध्यमबाट खेलको निर्णय लिइएको रेफ्री इन्द्र गुरुङले बताउनुभयो । प्रतियोगितामा बिजेतालाई १ लाख १ हजार १ सय ११ र उपबिजेतालाई ५१ हजार १ सय ५१ रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्र व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष जीवन गुरुङले वितरण गरे । सो अवसरमा बोल्दै उनले ग्रामीण क्षेत्रहरुमा हुने यस्ता फुटबल प्रतियोगिताले खेलाडीहरुको मनोबल उचो बनाउने बताउनुभयो । प्रतियोगितामा रिभर साइड गुम्बाका योगिश गुरुङ उत्कृष्ट खेलाडी र ग्यालेक्सी युवा क्लबका भिमसेन दुरा सर्वाधिक गोलकर्ता घोषित भइ जनही ५ हजार रुपैयाँ हात पारे । प्रतियोगितामा तनहुँ, लमजुङ र कास्कीका गरी ३० वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष रामसिंह दुराले बताउनुभयो । हरिबोधनी एकादशीको अवसर पारेर क्लबले हरेक वर्ष प्रतियोगिता गर्दै आएको छ ।
Show More

Related Articles

Back to top button