शिक्षा

कोरोना शिक्षा : व्यवहार परिर्वतन

सविन लामिछाने

विश्वभर फैलिएको कोराना भाइरसले सबैको दैनिकीमा नै उथलपुथल ल्यायो । त्यसबाट नेपालीहरु पनि अछुतो रहने कुरा नै भएन । शहरी भागमा भन्दा ग्रामिण भेगमा खासै सावधानी अपनाइएन । प्रायः को धारणा नै गाँउमा कोरोना आउँदैन भन्ने थियो । तर, जब गाँउ बस्तिका मान्छेमा संक्रमण देखिन थाल्यो तब सावधानीको विषयमा चौतर्फी चर्चा भयो, त्यस्तै उदाहरण हुन् जिल्लाको व्यास १० की सुनिता तिवारी । कोरोनालाई हेरचक्राई गदै खासै सावधानी अपनाउदिन थिईन् । केही दिन अघि आफनो घर आड कै युवामा कोरोना संक्रमण पृष्टि भयो ।

कोरोना सक्रमीतको सम्र्पकमा आएको भन्दै उनी सहित उनको गाँउलाई नै होम क्वारेन्टाईनमा राखियो । होम क्वारेन्टाईनमा बस्नु अघि कोरोनालाई हेरचक्राई गर्नि उनि अहिले व्यवहार परिर्वतन गरेकी छिन् । गाँउकै व्यक्तिलाई कोरोना देखिएपछि गाँउनै कोरोनाको त्रासमा रहेको थियो । कोरोना सक्रमीत ती युवाको घरमा श्राद्ध भएका कारण स्थानीयहरुको माहोल पनि रहेको छ ।

कोरोना सक्रंमीतको सम्र्पकमा आएको भन्दै व्यास नगरपालिकाले वडा कार्यालय बन्द गरि ४५ जनाको स्वांब संकलन गरेको थियो । गएको १४ गते उनिहरुको स्वांब संकलन गरि परिक्षणको लागि पोखरा पठाईएको थियो । १८ गते उनिहरु सबैको रिर्पोट नेभेटिभ आयो । यी चार दिनमा तिवारीको मनमा कोरोनाको डर र त्रास पैदा भयो । उनको रिर्पोट नेभेटिभ आएपनि अहिले उनिले सावधानी अपनाएर आफनो दैनिक कार्य गर्ने गरेकी छिन् । उनले भनिन्, कोरोनालाई मैले समान्य ठान्थे । तर जब हामी सबै कोरोना सक्रंमतीको प्रत्यक्ष सम्र्पक आएका कारण क्वारेन्टाईनमा बसियो, त्यो बेला मनमा कोरोनाको डर पैदा भयो । उनिले थपिनन्, किनकी मेरो घरमा दुधे बालक भाई देखि वृद्धहजुर बुबा हुनुन्छ । अहिले उनि बिना काम बाहिर पनि निस्किनन् ।

आवश्यक काम पर्यो भने मात्र घर बाहिर निस्कीनी गर्छिन् । उनीले भनिन्,हाम्रो गाँउनै कोरोनाको डरमा छ । रिर्पोट नेभेटिभ आएपनि मनमा डरनै कायम रहेकाले हामी बिना काम घर बाट निस्कीदैनम् । उनिले भनिन्, घर बाहिर निस्कीन परेमा मास्क पन्जा र सेनीटाइजर प्रयोग गरेर हिड्ने गरेको उनले बताईन् । उनी मात्र होईन्, सोही ठाँउकी अन्जना ढकालको पनि अहिले दैनिकी परिर्वतन भएको छ ।

तिवारी सँगै ढकालको पनि स्वांब संकलन गरिएको थियो । उनी पनि अहिले कोरोना भाइरस बारे सचेत भएकी छिन् । उनले आफनो घरमा पनि कोरोना भाइसर बारे सचेतना गराउन्छीन् । उनले भनिन्, हाम्रो गाँउमा कोरोना कता बाट आउला भनेर हेरचक्राई गदै बसेको, अहिले तर गाँउ डुल्नपनि डर लाग्छ । कोरोना सक्रमीतको संंख्या न्युन हुदाँ देशमा सावधानी अपनाईएको थियो तर कोरोना सक्रंमीतको संख्या बढ्दै जाँदा पनि हेरचक्राई गरिएको छ ।

Show More

Related Articles

Back to top button