समाचारशिक्षा

स्थगित भए वार्षिक परिक्षा

दमौली खबर संवाददाता

नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि तनहुँमा हुन लागेका वार्षिक परीक्षा स्थगित भएको छ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण उच्च रहेकाले तनहुँको चार पालिकाले पूर्व निर्धारित वार्षिक परिक्षा स्थगित गरेका छन् । व्यास नगरपालिका, बन्दीपुर, आबुँखरैनी र देबघाट गाँउपालिकाहरुले पूर्व निर्धारित वार्षिक परिक्षा स्थगित गर्ने निर्णय गरेका हुन् । व्यास नगरपालिका नगर शिक्षा समितिको आइतबार बसेको वैठकले २०७८ वैशाख मसान्त सम्म पुर्व निर्धारित सम्पुर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिए ।

नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सम्पुर्ण विद्यालयका नियमित पठन पाठन, ट्युसन कक्षाहरु समेत पुर्ण रुपमा बन्द गर्ने समेत निर्णय गरेको छ । डिसिसिएमसीको र शिक्षा मन्त्रालयको अनुरोध र छिमेकी पालिकाहरुको निर्णय समेतलाई ध्यानमा राखी व्यास नगरपालिकाले विद्यालय स्तरका सम्पुर्ण परिक्षा स्थगित गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख रेग्मीले बताए । साथै विद्यालय प्रशासन, निर्माण कार्य, आन्तरिक अन्य कार्यका लागि बढीमा १० जना सम्मको शिक्षक कर्मचारीहरु आलोपालो उपस्थिति गराउने व्यवस्था मिलाउन विद्यालयका प्रअलाई निर्देशन दिने निर्णय समेत गरिएको रेग्मीले बताए । स्थगित परीक्षा सञ्चालन गर्न कुन नमुनाबाट परिक्षा लिने भन्ने विषयमा २०७८ जेठको पहिलो हप्तासम्म आवश्यक निर्णय लिइने समेत नगरपालिकाले जनाएको छ ।

कोभिड–१९ को दोस्रो चरणले छिमेकी देश भारतमा असामान्य परिस्थिति सृजना भएको, नेपालको परीस्थिति समेत असामान्य हुदै गएको, विभिन्न जिल्लामा निषेधाज्ञा भएको विद्यमान अबस्थालाई मध्यनजर गर्दै व्यासले बैशाख १४ गतेदेखि नगरपालिका भित्रका क्याम्पस, सामुदायिक एवं संस्थागत विद्यालयहरुमा पठन पाठन बन्द गरिएको छ । त्यस्तै देबघाट गाँउपालिकाले पनि अर्को सुचना प्रकाशित नहुदाँसम्मको लागि संस्थागत र सामुदायिक विद्यालयका पूर्व निर्धारित सम्पुर्ण वार्षिक परिक्षा स्थगित गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिए । यसअघि बन्दीपुर गाँउपालिकाले शनिवार नै सुचना जारी गरी विद्यालय स्तरका वार्षिक परिक्षा स्थगित गर्ने निर्णय गरिसकेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।

यसैबीच आबुँखरैनी गाँउपालिका भित्रका विद्यालय स्तरका सम्पुर्ण वार्षिक परिक्षाहरु समेत स्थगित गरिएको छ । बैशाख २१ गतेबाट सञ्चालन गर्ने भनिएको आधारभूत तह र अन्य कक्षाहरुको वार्षिक परिक्षा अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । साथै शैक्षिक गतिविधि भर्चुअल गर्न र विद्यालयका शिक्षक तथा कर्मचारीलाई ओलोपाले गरी उपस्थित भई विद्यालयका आन्तरिक काम कारवाही गर्न निर्देशन दिइएको पोख्रेलले बताए ।

Show More

Related Articles

Back to top button