हेडलाईनसमाचार

मेयरकप फुटबलको तयारी तिब्र

दमौली खबर संवाददाता
दमौली, २९ साउन । तनहुँको व्यास नगरपालिका ४ स्थित शितलचोक युथ क्लबद्वारा आयोजित प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै तयारी तिब्र पारिएको हो ।
 प्रतियोगिताको लागि भक्तपुर, स्याङ्जा, हेटौडा, काठमाडांै, पोखरा, लमजुङ, गोरखा, चितवन, धादिङबाट टिम दर्ताका लागि टेलिफोन सम्पर्क भइरहेको खेल संयोजक राजेश मल्लले जानकारी दिनुभयो ।
भदौ ८ देखि १४ गतेसम्म दमौलीको विपी बनबाटिकामा हुने फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको क्लबका अध्यक्ष अशोक गुरुङले बताउनुभयो । जिल्लाकै सर्वाधिक राशीको खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएकाले पनि यस प्रतियोगिताप्रति सबैको चासो रहेको आयोजक भनाई रहेको छ । हरितालिका तीजका अवसरमा सो फुटबल प्रतियोगिता गरिएको हो । प्रतियोगितामा बिजेता हुनेले २ लाख २ हजार २ सय २२ र उपबिजेता हुनेले १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने मल्लले जानकारीले दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, घोषित गरी जनही ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने खेलकुद उपसमितिका संयोजक थमनसिह दरैले बताउनुभयो । प्रतियोगितामा विदेशी खेलाडीहरुले समेत भाग लिन पाउने छन ।
सो प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न खेलकुद, आर्थिक, प्रचारप्रसार, स्वयंसेवक, अतिथि सत्कार, विशेष सल्लाहकार गरी ३० वटा समिति बनाएर कामको बाँडफाँड गरिएको प्रचारप्रसार उपसमितिका संयोजक नारायण गुरुङले जानकारी दिनुभयो  । फुटबलका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ११ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने आर्थिक उपसमितिका संयोजक दुर्गाराज थापा मगरले जानकारी दिनुभयो । देशविदेशबाट सहयोग आउने क्रम जारी छ उनले भने । स्वयंसेवक उपसमितिका संयोजक दिनेश वाग्लेले प्रतियोगितालाई विवादरहित ढंगबाट भव्य रुपमा सम्पन्न गर्न स्वयंसेवक प्रयोग गरिने जानकारी दिनुभयो । प्रतियोगिताको लागि रकम संकलन भइरहेको छ । स्वदेशी एवं विदेशी व्यक्तिहरुबाट उक्त रुपैयाँ संकलन भइसकेको खेल संयोजक मल्लले स्वदेशी र विदेशी शुभचिन्तकहरुबाट ५ लाख रुपैयाँ सहयोग जुटिसकेको जानकारी दिनुभयो  । अहिले पनि सहयोग आउने क्रम जारी रहेको उहाँले भन्नुभयो । उनीहरुले न्यूनतम ३ हजारदेखि बढीमा ५५ हजार रुपैयाँसम्म सहयोग गरेको क्लबले जनाएको  ।
Show More

Related Articles

Back to top button