समाचार

काङ्ग्रेस नेता जोशीको ध्यानाकर्षण

 नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीले जिल्लाको दमौलीबाट  प्रचारित र प्रसारित केही समाचार प्रति ध्यानाकर्षण गराएका छन् । विगत केही दिन देखि तनहुँमा आफु सम्लग्नता देखाइ बिभिन्न व्यक्ति र सङ्गठित सस्थामा वार्ता छलफल गरेको भन्ने समाचारले जनतामा भ्रम पर्न गएको बताउदै उनले तनहुँमा आफुले कसैलाई पनि आफनो तर्फबाट वार्ता गर्न र प्रतिनिधित्व गर्न आधिकारिक व्यक्ती नतोकेको बताएका छन् । उनले कसैलाई पनि आफनो तर्फबाट भनी स्पष्टीकरण दिन , स्पष्टीकरण लिन , वार्ता गर्न र प्रतिनिधि मण्डल भनी कुनै व्यक्ती , पार्टी वा सस्थासङ्ग गरेको छलफलमा आफनो कुनै सम्लग्नता , सहमती ,  आधिकारिकता नभएको स्पष्ट पारेका छन् ।नेता जोशीले त्यस्ता कामकुराहरु सम्बन्धित व्यक्तिको  व्यक्तिगत र निजि कार्य भएको हुँदा सोही अनुसार बुझ्न र त्यस्ताकुराहरुमा आफनो कुनै सम्लग्नता नभएको बताएका छन् । 
Show More

Related Articles

Back to top button