साहित्य

कविहरू रून्छन्

कमल खनाल
कविहरू रून्छन यतिबेला
कोलाहल देख्छन सवैतिर
के लेख्ने, के नलेख्ने कसरी लेख्ने
दुविधा मन लिएर
हातमा कलम समाएका हुन्छन्।
के लेख्ने ,कस्तो लेख्ने
देखेका छन् परिस्थितिलाई
लेख्नु घाउमा मलम
लगाउनु जस्तै हो

तर

पीडा फरक फरक हुन्छन्
पीडा
अस्पतालमा छ
आर्यघाटमा छ
घरमा छ
गरिवीमा छ
हिंसामा छ
सवैतिर छ
सबै कविताको शीर्षक बनेका छन्
कविता लेख्नु पर्नेछ
कहाको लेख्ने,कस्को लेख्ने
कसरी लेख्ने,के को लेख्ने
कविताले अझ पीडा थप्ने हो भने
किन लेख्ने कविता?

कविताले मनलाई
आन्नद दिनु पर्छ
कविताले जीवनका
खुशीलाई साटासाट गराउनु पर्छ।
तव नै
कविताको मूल्य रहन्छ
हरेक लेखनीमा
गीत ,कविता ,कथा ,नाटक
सबैको धर्म हुन्छ

बिकृति ,बिसंगति ,रोदन ,क्रन्दन
कविताका सिल्पीहरू हुन
उत्तेजित कलमले लेखिने कवितामा
शासक मरेको हुन्छ
लाश उठेको हुन्छ
प्रितीकर मनोरम उत्रेको हुन्छ
आमोद प्रमोदका सृष्टीहरू खुलेका हुन्छन्
यस्तै कविताहरू लेख्दा
कविहरू रोएका हुन्छन्।
रूदै रूदै लेखिएका कविताहरूमा
मानवता मूल्य र मर्म हुन्छन्
त्यसैले कविता लेख्दा
कविहरू रून्छन्।

तनहुँ
२०७८\२\५

Show More

Related Articles

Check Also
Close
Back to top button