साहित्य

पहिचान

दिपक राज जोशी
एक जटिल कल्पित कथा जस्तो जिबन
शून्य,विस्मृतिको गहिरो खाडलमा अवस्थित छ ।
गुलाबको पछाडि निरन्तर लुकिरहेको पीडादायी कष्टमा
यहाँअनुमानहरु बाहेक अरु केहि छैन।
चिहानभन्दा परको पहिचानको लागी
समाज संग पौठे जोरी खेल्दै
मर्न डराउने हरुको भिडमा
जीवितै हुनुको पीडा लिएर
शान्त रातको गहिरो मौनतामा
मैनबत्ती जस्तै बल्दै सकिदै छु।

Show More

Related Articles

Back to top button