सम्पादकीयAll

विना सूचना राजमार्ग बन्द नगरौं

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा पर्ने याम्पाफाँट घाँसीकुवा–याम्पाफाट खण्डलाई आइतबार देखि थप १५ दिन दैनिक चार घण्टा बन्द गरिएको छ । यस राजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन थप फागुन २८ देखि चैत्र १२ गते सम्मको लागि रातको समयमा बन्द हुनु स्वभाविक नै हो । रातको समयमा बन्द गरिएको भएमा दिनमा समेत बिना सूचना घटौं यातयात बन्द गर्ने गरिएको छ ।

यसले गर्दा यात्रुहरु मर्कामा परेका छन् । टाढा पुग्ने पर्ने, ग्रामिण भेगमा पुग्ने पर्ने यात्रु अलपत्र पर्ने अवस्था सृजना गरेको छ । १५ देखि २० मिनेट पहरो, भिर काट्ने क्रममा जाम हुनु स्वभाविक पनि हुन्छ तर डेढ, दुई घण्टा बन्द गरिदिने, ठाउँ ठाउँमा बन्द गरिदिने गरिएको पाईएको छ । शनिबार दिउँसो घासीकुवामा दिनको ३ः ३० बजे देखि ५ बजे सम्म यातायात बन्द भयो । यो धेरै लामो समय हो । रातमा पनि बन्द गर्ने त्यसमाथि लामो समय दिनमा पनि बन्द गर्ने गर्दा यात्रुलाई मर्का पछ । मूख्य पहरो, भिर काट्ने ठाउँको दायाँ र बाँया बैकल्पिक मार्ग बनाउन सकिन्छ । बैकल्पिक मार्ग बनाउन सकियो भने यात्रुलाई सहज हुन्छ । काम गर्न पनि धेरै सजिलो हुन पुग्छ ।

यस खण्डमा नाली, टेवा पर्खाल निर्माण, भिर काट्ने काट्ने खाल्टो पुर्ने जस्ता सडक फराकिलो बनाउने काम भइरहेको छ । समयमानै काम पुरा गर्नको लागि कामलाई तिब्रता दिनु आवश्यक छ तर बैकल्पिक मार्ग बनाउन मिल्ने स्थानमा पनि नबनाएको पाईएको छ । हिउँदो समय भएकाले अझै करीव २ महिनाको लागि बैकल्पिक अस्थायी बाटो बनाउन सकिन्छ । बैकल्पिक बाटो भयो भने पुरै सजिलो सँग पहाड काट्ने तथा पूर्ने काम गर्न सकिन्छ । त्यस तर्फ ध्यान दिने कि ।

Show More

Related Articles

Back to top button