समाचारऋषिङस्वास्थ्य

ऋषिङ्गको मधुवनमा बिहिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

दमौली खबर संवाददाता
जिल्लाको ग्रामिण भेग ऋषिङ गाउँपालिका–४ मधुवनमा बिहिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । मधुवनको भित्री सडकमा ना ६ त ४२०७ नं को ट्र्याक्टर आफैँ अनियन्त्रित भइ सडकबाट करिब २५ मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । दुर्घटनामा परी सोही वडाका २२ वर्षीय किरण श्रेष्ठ र १८ वर्षीय सुन्दर श्रेष्ठ घाइते भएका छन् । किरणको दमौलीमा र सुन्दरको थप उपचारका लागि पोखरास्थित मणिपाल रिफर रिएको छ ।

Show More

Related Articles

Back to top button