विचारUncategorized

सार्वजनिक कार्यक्रममा किसानका गुनासाको चाङ्

दुई कार्यालयको वार्षिक प्रगति तथा कार्यक्रमको सार्वजनिकरण गरिएको छ । प्रदेश सरकार मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँु र कृषि ज्ञान केन्द्र तनहँुको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रगति तथा चाल वर्ष ०७७÷७८ को वार्षिक कार्यक्रम सार्वजनिकरण गरिएको छ । पशु सेवा विज्ञ केन्द्रको प्रगति विवरण सार्वजनिकरण गदै केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले तनहँुमा यस वर्ष पशुजन्य उत्पादनमा वृद्धि भएको बताए । उनका अनुसार ०७६÷७७ मा तनहँुमा ५० हजार ६ सय ८१ मेट्रिक टन दुध उत्पादन भएको छ । गत वर्ष ४९ हजार पाँच सय ४३ मे.टि दुध उत्पादन भएको थियो । त्यस्तै यस वर्ष १६ हजार दुई सय ९४ ह. अण्डा उत्पादन भएको छ । गत वर्ष १५ हजार दुई सय ७५ ह. अण्डा उत्पादन भएको थियो ।

४ हजार ६ सय ८८ मे.ट मासु यस वर्ष उत्पादन भएको छ भने गत वर्ष चार हजार पाँच सय ५८ मे.ट मासु उत्पादन भएको थियो । ७९ मे.ट यस वर्ष माछा उत्पादन भएको छ भने गत वर्ष ७७ मे.ट माछा उत्पदान भएको थियो । त्यस्तै गत वर्ष तनहँुमा पाँच हजार नौ सय ८८ गाई, तीन हजार चार सय १९ झैसी र ४७ बाख्रा गरि ९ हजार चार सय ५४ पशुलाई कृत्रिम गर्भाधान गरिएको छ । त्यस्तै तनहँुमा ३६ हजार चार सय २१ पशुको बिमा गरिएको उनले बताए । चालु वर्ष ७७÷७८ को लागि केन्द्रले पशु स्वास्थ्य सेवा कार्यक्रम, पशु प्रजनन् तथा नश्रल सुधार कार्यक्रम, पशु आहार विकास कार्यत्रम, पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवद्र्धन लगायत विभिन्न कार्यक्रम स्वीतकृत गरेको छ । त्यस्तै यता कृषि ज्ञान केन्द्रले गत वर्ष दुई सय ३९ अनुदानग्राही पाएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

जस बाट तीन हजार पाँच सय ३३ घरधुरी लाभान्वित भएका छन् । केन्द्र मार्फत तनहँु र नवलपरासीमा १२ करोड भन्दा बढी कृषि क्षेत्रमा लगानी भएको उनले बताए । केन्द्रले गत वर्ष एक हजार चार सय ६४ थान कृषि यन्त्र उपकरण अनुदानमा कृषकलाई उपलब्ध गराएको छ । एक सय ३४ साना सिचाँई मार्फत ६ सय २९ हे. जमिनमा सिँचाईको सुविधा विस्तार गरिएको तिवारीले बताए । केन्द्रले चालु वर्षको लागि विभिन्न युवा लक्षित कार्यक्रम ल्याएको उनले बताए । यि दुई कार्यालयले उत्तम कार्य सम्पादन गरेता पनि उक्त सार्वजनिकरण कार्यक्रममा किसानहरुले गुनासै गुनासा सुनाए । बन्दिपूर गाँउपालिकाका किसान सुर्दशन प्रधानले बिचौलीयाको मारले असिमित लागनी गर्दा पनि शुन्य उत्पादन भएको गुनासो व्यक्त गरे । उनले कृषकहरुलाई प्रोत्सान दिनु पर्नेमा उल्टै किसानहरु लुटिएको बताए ।

उनले भने,‘असिमित लगानी गरिन्छ, तर उत्पादन भने शुन्य लाग्छ, उत्पादन गरेको सामग्री बिचौलीले गर्दा घाटामा गईन्छ । ’ त्यस्तै व्यास ५ चापघाटमा रहेको सिन्धु कृषि सहकारीका सचिव विश्वराज खनाले अनुदान पाउनको लागि जटिल प्रक्रिया रहेको भन्दै बिमा कार्यक्रम लगायत विभिन्न कार्यक्रम सरल तरिकाले किसानहरुको माँझमा पुराउनु पर्ने बताए । उपभोक्ता मञ्च तनहँुका अध्यक्ष खेमराज अधिकारीले अनुदानमा भन्दा बजार व्यवस्थापनमा जोड दिनु पर्ने बताए । उनले अनुदान पाएर जति उत्पादन गरे पनि बजार नभएमा उत्पादन काम नलाग्ने बताए । उनले भने,‘बजार अभावका कारणले कति उत्पदान खेरा गएका छन्, अनुदान भन्दा बजार व्यवस्थापनमा जोड दिन आवश्यक छ । ’ जिल्ला समन्वय समितीका प्रमुख शान्तिरमण वाग्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आर्चाय, नेकपाका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ, व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

Show More

Related Articles

Check Also
Close
Back to top button