सम्पादकीयAll

अनिवार्य माटो परिक्षण गरौं

नेपालीमा एउटा भनाई छ ‘पढेर भन्दा परेर जानिन्छ’ भन्ने । यो यर्थाथ पनि हो । किनकी परेर मान्छेले व्यवहारिक ज्ञान सिक्छ । परेर जानिन्छ भनेर भनिरहँदा पढेर प्राप्त भएका कुरालाई ध्यान दिन सकेनौ भने हामी पछाडी पर्दछौं । अनुसन्धानबाट पत्ता लागेको कुरा प्रयोग गर्न सकियो भने धेरै लाभ लिन सकिन्छ ।

यस सन्र्दभा व्यावसायिक कृषकहरुले किसानहरु माटो परिक्षण गर्ने कुरा पनि महत्वपूर्ण हो । परिक्षण गरेर मात्रै कुन खेती उपयुक्त हुन्छ भनेर योजना बनाउन सकिन्छ । कृषि उत्पादनहरुलाई बृद्धि गर्दै माटोको अवस्था अनुसारको उत्पादन गर्न र माटोको उपचार गर्नका लागि माटोको परिक्षण गरिनु उपयुक्त हुन्छ । कुन माटोमा कुन खेती हुन्छ माटोको परिक्षणबाट थाहा पाइने हुनाले सोही अनुसारको योजना बनाउन सकिन्छ ।

माटो परिक्षण महत्वपूर्ण भएकोले तनहुँकको म्याग्दे गाउँपालिकाले माटो परिक्षण शिविरको आयोजना गरेको छ । माटोको परिक्षण बिनै अन्नबाली, तरकारी तथा फलफूल खेती गर्दा किसानलाई ठूलो नोक्सानी हुने र नोक्सानी हुनबाट जोगाउन माटो परिक्षण गरिनु पर्ने भएकोले यो कार्य राम्रो छ । माटोको परिक्षण पश्चात कुन मल कति मात्रामा प्रयोग गर्दा स्वच्छ कृषि उपज उत्पादन हन्छ भनेर कृषकलाई जानकारी दिने र माटोमा खराबी देखिए उपचार विधि समेत सिकाइने गाउँपालिकाले जनाएको छ । यस्तै कार्य अरुपालिकाले पनि गर्नु उपयुक्त हुन्छ । व्यवसायिक कृषकले पनि होचुवाको भरमा भन्दा जाँचेर गर्दा लाभ लिन सकिने भएकोले अनिवार्य रुपमा माटो परिक्षण गर्नु पर्दछ ।

Show More

Related Articles

Back to top button