समाचारAll

निर्मलमा माविमा अन्तरक्रिया सम्पन्न

दमौली खबर संवाददाता

दमौली, पुस २५ ।

व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयमा सरोकारवालाहरु सँग सोमबार अन्तरक्रिया गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिको संयोजन र शिक्षक अभिभावक संघको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्ष शिक्षक अभिभावक संघका अध्यक्ष हरिशरण खनालबाट भएको थियो भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तम बहादुर दरैबाट सुभारम्भ भएको थियो ।

कायक्रममा शैक्षिक सत्र २०८० को शैक्षिक योजना सम्वन्धमा भएको थियो । यस विद्यालयको सेवा क्षेत्र भित्र रहेका विभिन्न टोल विकास संस्था तथा आमा समूहका अध्यक्ष एवं प्रतिनिधिहरुको छलफल र अन्तरक्रियाबाट विभिन्न सकरात्मक सुझावहरु प्राप्त भएका छन् ।

विद्यार्थीहरुलाई सहज रुपमा विद्यालय आउन जानका लागि आवश्यक वातावरण निर्माण गर्नु पर्ने, विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले आफ्ना छोराछोरीहरुलाई यसै विद्यालयमा पठन पाठन गराउनुपर्ने, सेवा क्षेत्र भित्र रहेका टोल र आमा समूहका भेलाहरुमा विद्यालयको प्रतिनिधी अनिवार्य उपस्थित गराउनुपर्ने, विद्यालयको मुल गेट आकर्षण हुनुपर्ने र शैक्षिक प्रक्रियालाई प्रभावकारी वनाउनु पर्ने आदि । सुझावहरु समुहका प्रतिनिधिहरुबाट प्राप्त भएका छन् ।

कार्यक्रममा व्यास नगरपालिका वडा नं. १ तथा विद्यालयको क्षेत्र भित्र पर्ने टोल समितिका अध्यक्षहरु एवं प्रतिनिधिहरुको उपस्थिति थियो ।

आगामी वशन्त पञ्चमीको अवसरमा प्रारम्भिक वाल विकासमा तथा शैक्षिक सत्र २०८० का लागि विद्यार्थी अभियानको लागि विभिन्न टोलहरुमा भर्ना अभियानलाई प्रभावकारी बनाउन सम्पुर्ण सरोकारवालाहरु संग सहयोग माग्दै विद्यालयका प्र. अ. गणेश चन्द्र बस्नेतले विद्यालयको वर्तमान तथा भवि योजनाको संक्षिप्त जानकारी दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका पि.टि.ए. अध्यक्ष श्री हरिशरण खनालले विद्यालयलाई सकरात्मक विकासको लागि हामी जस्तोसुकै कार्य गर्न पनि तयार रहेको प्रतिवद्धता दिदै विद्यालयको २०८० को लागि नयाँ योजनाको लागि सबैको सकरात्मक सल्लाह दिनुहुने सवैलाई धन्यवाद दिनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि तम बहादुर दरैले विद्यालयले भौतिक विकासमा अकल्पनिय विकास गरेको र अन्य शैक्षिक गतिविधिमा समेत सकरात्मक परिवर्तन भएको जानकारी दिदै अझ समय अनुसार र समाजले माग गरे अनुसारको शिक्षा प्रदान गर्न सवैको सहयोगको अपेक्ष गर्दै नयाँ योजना निर्माण गरिएको समेत जानकारी दिनु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक लोक राज सेढाईले गर्नु भएको थियो ।

Show More

Related Articles

Back to top button