समाचार

अचार बेचेर लखपति

सीप र जाँगर भयो भने सानो लगानीले स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् भिमाद १ ठाडोलाईनकी उद्यमी धनु राना । उनले भाडामा घर लिएर ‘धनु अचार’ उद्योग सञ्चालन गरेर विभिन्न ४४ परिकारका उत्पादन बजारमा ल्याएकी छन् । ६ वर्षअघि २ लाख लगानी गरेर साना तथा घरेलु व्यवसायको रुपमा शुरु गरिएको अचार उद्योगबाट उनले अहिले मासिक आठ देखि ९ लाख सम्म आम्दानी गरिरहेको बताउँछिन् ।

उनको उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर काठमाण्डौं, हेटौँडा, पोखरा र स्याङ्जा बजारमा समेत बढ्दै गएको छ । उद्योगबाट वार्षिक १० देखि २० हजार किलोग्राम विभिन्न ब्राण्डका अचार उत्पादन हुँदै आएको छ । अहिलेसम्म २५ लाख लगानी भइसकेकोे उद्योगमा ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने गरेको उनको भनाइ छ ।

अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको उनको धारणा छ । ६ वर्ष पहिला काठमाण्डौमा १० वर्ष होटल व्यवसाय गरेकी हुन्ले अचारमा राम्रो भविष्य देखिकी छन् । उद्योग खोल्नु अघि उनीले काठमान्डौमा होटल सञ्चालन गरिरहेको क्रममा अचार बनाउने सीप सिक्न पाएपछि उनले अचार उद्योगमा लगानी गरेको सुनाउँछिन् ।

उनको उद्योगमा अकबरे दाना, अकबरे पेस्ट, टिमुर–लसुनको पेस्ट, अकबरे–तामा, मिक्स आचार, कागती दाना, कागती पेस्ट, किबी, स्याऊ, मेथीको पेस्ट, करेला लगायतका विभिन्न फ्लेवरका अचार बन्ने गरेको छ । उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, किबी, बासको तामा, टिमुर, लसुन, करेलालगायतका फलफूल भिमाद, ऋषिङ लगायतका गाँउमा गएर कृषकको खेतबारीबाटै ल्याइने उनी बताउँछिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला अध्यक्ष कल्पना गौलीले अचार उद्यमी मात्र नभएर एउटा कुशल प्रशिक्षक भएको बताउछिन ।

धनुले विभिन्न जिल्लामा सयभन्दा बढी समूहलाई अचार बनाउने तालीम दिएकी छन् । उनी तालीम लिएकाहरुले तनहँुमा दर्जनांै घरेलु उद्योग सञ्चालन गर्न थालिसकेका छन् । ‘म आफू मात्र उद्योगी भएर हुँदैन, अरुलाई पनि सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोचाइले तालीमलाई प्राथमिकता दिइरहेको छु, धनु भन्छीन् । हालसम्म हातले अचार उत्पादन गरिरहेको जनाउँदै अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थाल्ने हो भने थोरै अवधिमा धेरै उत्पादन गर्न सकिने उनले बताईन् । लकडाउनमा अचारले बजार नपाउदाँ झण्डै ३५ लाख जतिको अचार खेरा गएको उनले बताईन् ।

Show More

Related Articles

Back to top button