हेडलाईनसमाचार

संविधान दिवसको अवसरमा सात जना कैदी रिहा

दमौली खबर संवाददाता
तनहुँ, असोज ३ । संविधान दिवसको अवसरमा सोमबार तनहुँ कारागारबाट सात जना कैदीलाई रिहा गरिएको छ ।
      विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका सो सङ्ख्याको कैदी रिहा गरिएको कारागारका निमित्त जेलर नाराएणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
     नेपालको संविधानको धारा २७६ मा माफी मिनाहा हुने व्यवस्था भए अनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका विभिन्न मुद्दाका कैदी बन्दीहरुलाई राष्ट्रपतिको निर्णय अनुसार कैद मिनाहा भएको जेलर अधिकारीले बताउनुभयो ।
Show More

Related Articles

Back to top button