Uncategorizedपत्रपत्रिकाबाट

सेती नदीले बगाउँदा महिलाको मृत्यु

भिमाद, सेती नदीले बगाउँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका – ५ ऋषिङपाटनकी ४४ बर्षिय पञ्चमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जानकारी दिएको छ l
घाँस काट्न जानलाई नदी तर्ने क्रममा बगाएको प्रहरीले बताएको छ । उनलाई उद्धार गरी उपचारका लागी जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।
उनीसंगै घाँस काट्न गएका छिमेकी ५५ बर्षिय खड्कसिंह गुरुङलाई प्रहरीले उद्धार गर्न सफल भएको छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ । अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
Show More

Related Articles

Back to top button