हेडलाईनUncategorized

व्यासमा पिपीइसहित स्वास्थ्य सामाग्री वितरण गर्दै सांसद खान

दमौली खबर संवाददाता
असार ४

दमौली, कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा नेकपा तनहँुकी नेतृ कलिना खानले तनहँुको स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिएकी छिन्।

खानले व्यास नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी र क्वारेन्टाईनमा बसेका व्यक्तिका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् । उनिले २० पिपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), १० थान स्यानिटाइजर तथा एक हजार सर्जिकल मास्क,सर्जिकल क्याप २० थान, सु कभर २० जोर, चस्मा सेफ्टी १० थान,एन ९५ मास्क ५० थान र पंजा ५०० जोर, उपलब्ध गाएकी हुन् । उनको अनुसार जिल्लाका स्वास्थ्य संस्थामा पिपीइ र मास्कको निकै अभाव थियो।

उनी द्वारा जिल्लामा उपलब्ध स्वास्थ्य सामग्री गृह पालिकाका स्थानीय तहका जनप्रतिनिधिलाई क्रमशः उपलब्ध गराइरहेकी छिन्। “दोस्रो चरणमा स्थानीय तहको आवश्यकतानुसार स्वास्थ्य सामग्री हस्तान्तरण गरिरहेका छौ ”उनिले भनिन् । अन्य स्वास्थ्य सामग्रीभन्दा स्वास्थ्यकर्मीका लागि हाल पिपीइ र एन ९५ मास्क महत्वपूर्ण रहेकाले प्राप्त पिपीइले निकै ठूलो मद्दत पुगेको व्यास नगरपालिकाको उपप्रमुख मिरा जोशीले बताईन् । “अब स्वास्थ्यकर्मी निर्धक्क उपचारमा लाग्नेछन्, खान प्रति आभारी छु”, उनिले भनिन् । प्रतिनिधिसभा सदस्य खानले व्यास नगरपालिका भित्र रहेको क्वारेन्टाईनहरुमा समेत अनुगमन गरि त्यहाको बारेमा अवस्था बुझेकी छिन् ।

विहिबार मात्रै व्यासका तीन जनामा कोरोना संक्रमण देखि पछि क्वारेन्टाईनमा भएको समस्या र अवस्था बुझन व्यास भित्रका तीन वटा क्वारेन्टाईन अनुगमन गरेकी हुन् । उनिले व्यास २ स्थित रहेको सत्यवति मा.वि, व्यास १ आदिकवि भानुभक्त क्याम्पस र निर्मल मा.विमा पुगि क्वारेन्टाईनमा आवश्यक पर्ने स्वास्थ्य साम्रगी वितरण गरेकी हुन् । त्यस्तै उनिले जिल्ला प्रशासन कार्यालय तनहँुलाई पनि ४ थान पिपिई, एन ९५ मास्क, पंजा सहित स्वास्थ्य साम्रगी वितरण गरेकी छन् । उनले प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी मार्फत उक्त स्वास्थ्य साग्रमी वितरण गरेकी हुन् । त्यस्तै उनिले व्यास ३ स्थित रहेको दमौली अस्पतालमा पनि सात थान पिपिई उपलब्ध गराएकी छिन् । उनिले कोरानाको संक्रमण भएको व्यक्तिहरुको उपचार लागि खटिने दमौली अस्पतालका कर्मचारी पिपिई सहित स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन् ।

हाल आफूसँग उपलब्ध भएको स्वास्थ्य सामग्री राहतको दोस्रो चरणअन्तर्गत वितरण गरिएको उनले प्रतिनिधि सभा सदस्य खानले बताईन् उनिले भनिन्, “पहिला राहत वितरण गरे त्यसपछिजिल्लामा आवश्यकतानुसार चरणबद्ध स्वास्थ्य सामग्री उपलब्ध गराएको छु, कोरोना सङ्क्रमणको जोखिम अन्त्य नभएसम्म वितरण क्रम निरन्तर चलिरहन्छ।” उनिले भनिन् ।

तस्विर ः दमौली खबर

Show More

Related Articles

Back to top button