हेडलाईनसमाचारव्यास

सरकार विरुद्ध काँगे्रसका हजारौं समर्थक दमौलीमा जनताको मतको कदर भएन ः नेता रिजाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले जनताको मतको कदर नभएको बताएका छन् । सरकारका काम कारबाहीको विरोधमा सोमबार दमौलीमा आयोजीत विरोधसभालाई सम्बोधन गदै नेता रिजालले जनताले दिएको भोटले जनता माथि नै खेलबाड भएको बताए । उनले भने,‘जनताले दिएको भोट पाँच वर्ष विकास गर्नको लागि हो, जनता माथि खेलबाड गर्न होईन ।’ उनले थपे,‘विधि मान्ने हो भने जनताले मान्छन् । तर विधि नमान्ने हो भने जनताले बालुटारबाट नै सत्तालाई निकालेर फालेर देखाउछन् । ’ हरेक दिन सरकारले जनताको ज्यान जोखिममा पारेको भन्दै सरकारलाई खबरदारी गर्न आन्दोलनमा उत्रिएको बताए । उनले भने,‘ विकास दिन नसकेर पन्छिएर बस्नु ।तर जनताको ज्यान जोखिममा पार्न पाईने छैन । ’ नेपाली काँगे्रसका केन्द्रिय सदस्य गोविन्द भटराईले गाँउ–गाँउ देखि बजार सम्म कम्युनिष्ट सरकारको भ्रष्टचार मौलाएको बताए । उनले भने,‘विभिन्न आसवासन दिएर सत्तामा पुगेको सरकार भ्रष्टचार गर्न लिप्त रहेको छ ।

यो ओली सरकार विकास गर्न जान्दैन, झुटको खेती मात्र गर्न जानेको छ । ’ तनहँु काँगे्रसका सभापति वैकुण्ठ न्यौपानेले सरकारको प्रवृत्ति विरुद्ध देशभर विरोध प्रर्दशन भएको बताए । मंसिर १७ गते जिल्लाको व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर सडकखण्ड अन्तर्गत बुल्दी खोलामा बनेको पक्की मोटरेबल पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरी प्रशासनले गरेको दुर्व्यवहार, बढ्दै गएको भ्रष्टाचार तथा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा सरकारी असफलता र लापरवाही विरुद्ध कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको हो । पार्टीको झण्डासहित दमौलीमा भएको बिरोधसभामा कोरोना संक्रमणको कहर भुलेर गाउँ–गाउँबाट कांग्रेस कार्यकर्ता र समर्थक भेला भएका थिए । नेपाली कांग्रेसको जिल्ला कार्यायलबाट निस्किएको बिरोध ¥याली दमौली बजार परिक्रम गरे व्यास ३ स्थित रहेको खुलामैदानमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीले कांग्रेसको झण्डा फहराउँदै भ्रष्टाचारी सरकार मुर्दावाद लगयात ओली सरकार विरुद्ध चर्को नारा लगाएका थिए ।

Show More

Related Articles

Back to top button