Uncategorizedपत्रपत्रिकाबाट

समस्यामा परेका कालिगढहरुलाई राहत वितरण

देब गजमेर

दमौली बैशाख २४ गते
तनहुँ सुनचाँदी व्यवसायी संघले जिल्ला मा रहेका सुनचाँदी सम्बन्धित काम गर्नेकालिगढहरुलाई राहत वितरण गरेको छ । अहिले पुरै विश्व नै कोरोना भाईरस ( को भिड १९) को महामारी बाट विश्वब्यापी रुपमा प्रभावकारी भईरहेको अवस्थामा नेपाल पनि कोरोना भाइरसको संक्रमण को जोखिम का कारण लकडाउन को अबस्थामा रहेकोले सुनचाँदी सम्बन्धित काम गर्ने कालिगढहरूलाई राहत वितरण गरिएको हो । सरकारले चैत ११ गते बाट देसै भरि लकडाउन सुरु गरे संगै सुनचाँदी पसल हरू पनि बन्द भएका थिए ।

सुनचाँदीको काम गरि जिविकोपार्जन गरेका कालिगढहरुलाइ काम गर्न नपाए पछि समस्यामा परेका नेपाली र बंगाली गरि १८० भन्दा माथि घरपरिवारका कालिगढलाई करिव २ लाख वरावरको चामल, दाल, तेल, नुन, सोयाबिन, लगायतको खाद्यान्न वितरण गरिएको संघका सचिव हरि गहतराज ले जानकारी दिए ।व्यास नगर वडा नं २ का वडा अध्यक्ष काशीराम क्षेष्ठ, गण्डकी प्रदेश का माननीय सासद डोवाटे विक,नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार बिक, केन्द्रीय सदस्य केश बहादुर सुनार, राष्ट्रिय दलित उत्थान मञ्च का अध्यक्ष रामलिला सुवर्णकार लगायतको उपस्थित मा राहत वितरण गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार बिकले महासंघले विभिन्न जिल्लामा राहत बाड्न सुझाव दिएको र त्यसमा ४०% महासंघले खर्च व्यहोर्ने वताए ।

उनले भने राहत वितरण मा जति खर्च भएको छ त्यस मध्ये ६०% जिल्लाले र ४०% माहासंघ ले ब्याहोर्ने सहमति मा राहत वितरण गरिएको बताए । विभिन्न ठाउँमा गरि ३ दिन सम्म निरन्तर रुपमा कालिगढहरुलाई राहत बाडेको संघका कोषाध्यक्ष पुर्ण बहादुर विकले जानकारी दिए । देश लकडाउन रहेको अवधिमा न्युन आय भएका कामदारको घरमा खाद्यान्न अभाव भई समस्यामा परेको हुँदा यो राहतले केहि हद सम्म भएनि सहयोग पुग्ने संघका उपाध्यक्ष विनोद कुमार बिकले बताए । संघ का अध्यक्ष कृष्ण सुनार को संयोजक मा राहत वितरण गरिएको थियो । सरकारले पटक पटक गरी लकडाउन को समय लम्ब्याउदै जादा कालिगढ हरुको दैनिक जीवन कष्टकर बन्दै गएको ले राहत वितरण गरिएको अध्यक्ष सुनार ले बताए ।

काम गर्न नपाएको हुनाले पनि उनिहरुलाई राहतको आबस्यकता परेको ले वितरण गरिएको उनको भनाइ थियो । तनहुँ सुनचाँदी व्यवसायी संघ ले यसरी नै सामाजिक विपत्ति परेको अबस्थामा चाहे भुकम्प जाँदा होस वा बाढीपहिरो जादा अथवा राज्य मा आई परेका विभिन्न समस्या मा पनि संघले सहयोग गर्दै आएको कुरा अबगत गराए । पुर्व अध्यक्ष तेजबहादुर विकले समस्या मा परेका कालिगढ लाई माहासंघ र जिल्ला संघले राहत वितरण गरेको मा आभार प्रकट गरे । सदस्यहरुको सहयोगमा राहत वितरण गरिएको थियो ।

Show More

Related Articles

Back to top button