Uncategorizedपत्रपत्रिकाबाट

अढाई महिनापछि खुले मालपोत कार्यालय

दमौली खबर सम्वाददाता,

जेठ २६, दमौली , लकडाउनसँगै बन्द भएका मालपोत कार्यालयहरू अढाई महिनापछि खुलेका छन् । सरकारले कोरोना भाइरस रोकथामका लागि गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनको अवधि नसकिँदै देशभरका भूमिसुधार तथा मालपोत कार्यालयहरू आईतबार देखि खुला गरेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार नै एक सूचना जारी गरेर आइतबारदेखि मालपोत कार्यालय खुल्ने जनाएको थियो । यससँगै तनहँु जिल्ला मालपोत कार्यालयले केही निश्चित सेवाहरू सुरू गरेका छन् । आइतबार बिहान १० बजेदेखि नै मालपोत कार्यालय खुलेको छ । सो कार्यालयबाट आन्तरिक प्रशासन, न्यूनतम मूल्यांकन, मुआब्जा, तलबभत्ता, अड्डाअदालन, महालेखा बेरूजु जस्ता कार्यहरू मात्र सम्पादन हुने जनाइएको छ । कार्यालयमा कर्मचारीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा मात्र सञ्चालन गरिएको जनाइएको छ ।

Show More

Related Articles

Back to top button