समाचारAll

संस्कृति संरक्षण तथा जर्गेना गर्न महोत्सव

दमौली खबर संवाददाता

तनहुँ , असोज ५  गते

लोपोन्मुख भाषा, भेषभूषा तथा सस्कृतिको खोज अनुसन्धान गर्ने, स्थानीय भाषा,साहित्य,कला,संस्कृति र परम्परागत सीप एवम् धार्मिक तथा पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको सरक्षण, सम्वद्र्धन गर्ने उद्धेश्यका साथ तनहुँमा महोत्सव हुने भएको छ ।

व्यास नगरपालिका–५ पाटन स्थित पाटन युवा क्लबको आयोजनामा पाटन खेलमैदान असोज २४ गते देखि चैत्र ४ गते सम्म दोस्रो पाटन खेलकुद, कृषि, व्यापारिक सांस्कृतिक तथा पर्यटकीय महोत्सव हुने भएको छ । क्लबले बुधबार पत्रकार सम्मेलन गरी महोत्सव हुने जानकारी दिएको हो ।

व्यास नगरपालिकाको विभिन्न क्षेत्रहरुमा विकास भएता पनि यसको जिल्लाको आफ्नो मौलिक परम्परा, भेषभूषा, भाषा, संस्कृति र स्थानीय उत्पादन र यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुन नसकेकोले महोत्सवको आयोजना गर्नु परेको पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताउनुभयो ।

सदिऔं देखि एउटा पहिचान बोकेर आफ्नो मौलिक परम्परालाई प्रवद्र्धन गर्न, स्थानीय स्तरमा भएका प्रतिभालाई चिनाउन, स्थानीय घरेलु तथा साना उद्योग तथा त्यसको उत्पादनलाई बजारीकरण गर्न महोत्सव आयोजना गरिएको उहाँ बताउनुहुन्छ । पत्रकार सम्मेलनमा पाटन टोल विकास सस्थाका अध्यक्ष महेन्द्र गिरी, भूपु सैनिक कल्याणकारी क्लबका अध्यक्ष प्रेमबहादुर पुन, भूपु अध्यक्ष आईतसिंह नेपाली लगायतले आफ्ना धारणा राख्नु भएको थियो । महोत्सवमा खेलकुदलाई समेत प्राथमिकता दिएपछि खेलाडीहरु उत्साहित भएका छन् । पाटन फुटबल कप, भलिबल प्रतियोगिता, कराँते प्रतियोगिता हुने भएको छ । महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु प्रस्तुति हुने आयोजकले जनाएको छ

Show More

Related Articles

Back to top button