शुक्लागण्डकी एफएमको क्यालेण्डर विमोचन
दमौली खबर संवाददाता
दुलेगौंडा-तनहुँ , ९ बैशाख
तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा शुक्लागण्डकी एफ.एम.ले प्रकाशन गरेको नयाँ वर्ष २०८१ टेबल क्यालेण्डर आइतबार विमाचन गरिएको छ ।
दुलेगौंडास्थित रेडियो पसिरसरमा आयोजित कार्यक्रममाशुक्लागण्डकी नगरपालिका वडा नंं ६ का अध्यक्ष एवम् रेडियोका सल्लाहकारबुद्धि बहादुर थापा, रेडियोका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, वर्तमान अध्यक्ष ऋषेश्वर भुवाई ऋतु, पत्रकार महासंघघ तनहुँका उपाध्यक्ष अस्मिता खनालले संयुक्त रुपमा क्यालेण्डर बिमोचन गर्नु भएको हो ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष एवम् सल्लहकार थापा रेडियोले गर्दै आएका कार्यलेले समाजमा सकरात्मकता छाएको बताउदै आगामी दिनमा थप प्रभावकारी ढंगले अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । संस्थापक अध्यक्ष श्रेष्ठले टेबुल पात्रोले रेडियोको उपस्थिती र प्रचारमा सहयोग पुग्ने विश्वास व्क्त गरे । रेडियोका अध्यक्ष ऋषेश्वर भुवाई ऋतु अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण स्टेसन मेनेजर राजन उपाध्ययाले गर्नु भएको थियो ।