समाचारबन्दीपुर

बन्दीपुरको सौन्र्दयता कायम गर्न पर्यटन बोर्डको आग्रह

दमौली खबर संवाददाता

बन्दीपुर, वैशाख ९ गते

बन्दिपुर गाउँपालिका र बन्दिपुर पर्यटन बोर्डले बन्दिपुर बजारको सौन्दर्यता र मौलिकता कायम राख्न अनुरोध गरेको छ । बन्दिपुर पर्यटन बोर्डको पहिलो बैठकले बन्दीपुरको पर्यटन विकास र बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्नको लागि पटक पटकको बैठकले गरिएको प्रयासहरुलाई कार्यन्वय गरि बन्दीपुरको दिगो पर्यटन विकासमा आवश्यक सहयोग गर्न अनुरोध गरेको हो ।

गाउँपालिकाले तोकेको स्थानिय मापदण्ड बमोजिम १५ दिन भित्र बढीमा २ वटा टेवल र प्रति टेवल ४ वटा कुर्ची सम्म राख्ने मदिराजन्य र धुम्रपान गर्न नपाइने गरी उक्त टेबल कुर्सीको व्यवस्थापन बजारको सौन्दर्यतालाई अझ सुन्दर बनाउने गरि प्रयोग गर्न अनुरोध गरेको छ । त्यसैगरि व्यवसायीहरुले पसल बाहिर सामग्रीहरु राखी विक्री वितरण गर्न नपाइने, प्रत्येक व्यापारी तथा होटल रेष्टुरेण्ट सञ्चालकहरुले मूल्य सूचि ग्राकहले देख्ने ठाउँमा अनिवार्य राख्नुपर्ने, बन्दिपुर बजार क्षेत्रमा व्यापारिक प्रयोजनका लागि राखिने फ्लेक्स बोर्डहरु ३० दिन भित्र हटाई काठ या हस्तलिखित बोर्डहरु मात्र राख्नु पर्ने बताईएको छ ।

त्यसैगरि घर अगाडि मासु पोल्ने, चुलो राखे जस्ता कार्यहरु गर्न नपाइने, आफ्नो धरायसी प्रयोजनकालागि दिएको ईन्टरनेट तथा सञ्चार माध्यमका अनावश्यक प्रयोगमा नआएको तार हटाउनु पर्ने, ऐतिहासिक बन्दिपुर बजारमा रहेका घरहरुमा भएका बाहिरी करिडोर खुल्ला राख्नु पर्ने निर्णय गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष एवं बन्दिपुर पर्यटन बोर्डका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button