हेडलाईनखेलकुद

व्यास नगरपालिकाको बजेट १ अर्ब ५३ करोड, कृषि र भौतिक पूर्वधारमा प्राथमिकता

दमौली खबर सम्बाददाता
असार ११, दमौली । तनहँुको व्यास नगरपालिका कोभिड १९लाई मध्ये नजर गदै आगामी आर्थिक वर्ष ०७७र७८ का लागि चालु आर्थिक वर्ष ०७६÷७७ भन्दा करिब १४ करोड ७४ लाख ३०० रुपैया बढी बजेट ल्याएको छ । बुधबार आयोजित नगरपालिकाको ३३औं नगर सभामा आगमी वर्ष ०७७र७८ का लागि एक अर्ब५२ करोड ९७ लाख ५१ हजार रुपैया अनुमानित गरेको छ ।

नगरपालिकाको उपप्रमुख मिरा जोशीले सभाको बैठकमा नगरकोे नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । यसपटकको नीति तथा कार्यक्रममा नगरले कृषि र भौतिक पूर्वधारलाई मुख्य प्राथमिकतामा राखेको छ । कोरोना महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रमा सुधार गर्ने नीति पालिकाले लिएको छ। कोरोना महामारीका कारण हुनसक्ने सम्भावित भोकमरीलाई टार्न कृषि उत्पादन वृद्धि गर्ने कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘कोरोनासँग जुध्न जिल्ला अस्पताल दमौलीको स्तरोन्नति गरिनेछ’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख जोशीले भनिन्,‘ दमौली अस्पताललाई यस नगरपालिका अन्तर्गत सञ्चालनको जिम्मेवारी लिने गरी प्रदेश सरकार सँग समन्वय गरिने ५० वेडको अस्पतालमा विकसित गर्न पहल गरिने छ ।’ यस्तै नीति तथा कार्यक्रममा कोरोना भाईरसको विरुद्धको अभियानमा अग्रपङतीमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी,सुरक्षकर्मी, सरसफाईकर्मी, सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने र आवश्यक स्वास्थ्य उपकरण, सुरक्षा लगायत परीक्षण सामग्री खरिद गर्ने उल्लेख छ।

आगमी वर्षको लागि पालिकाले स्वास्थ्य तथा सरसफाई तर्फ ९ करोड ८६ लाख ८७ हजार विनियोजन गरेको छ । कोरोनाका कारण उत्पन्न हुनसक्ने खाद्य संकट समाधान गर्न र रोजगारी गुमाएका युवालाई उत्पादनमा जोड्न कृषिलाई प्राथमिकता दिइने पालिको नीति छ।यसका लागि किसानलाई सहज रुपमा मल र बिऊ उपलब्ध गराउने, साना सिचाईं आयोजना संचालन, फलफुल र तरकारीको पकेट क्षेत्र तोक्ने, कोरोनाका कारण रोजगारी गुमाएका युवालाई कृषि उत्पादनमा जोड्ने, हरेक वडामा न्यूनतम एक संकलन केन्द्र,सबै वडाहरुमा अप्तामा एक पटक कृषि हाट बजार सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिकाले आगमी वर्षको लागि कृषि सिचाई तर्फ ५ करोड ५७ लाख बजेट विनियोजन गरी विभिन्न अनुदानका कार्यक्रममा समावेश गरेको छ । त्यस्तै नगरपालिकाले कृषि व्यवसाय सँग सम्बन्धित पशुपंक्षी, माछा,फलफूल तरकारी, दुध आदिमा स्थानिय उत्पादनमा लाग्ने कर नलिने निर्णयलाई निरन्तरता दिएको छ ।

दुध सहकारी मार्फत बिक्री हुने दुधमा प्रतिलिटर एक रुपैया र सहकारी मार्फत बिक्री हुने खसीबोकामा प्रतिकिलोे १० रुपैया सम्बन्धीत किसानलाई अनुदान अिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । पालिकालाई सघींय सरकारको सर्शत कार्यक्रममा पनि कृषिलाई नै प्राथमिकता दिईएको छ ।
जस अनुसार संघ सरकार मार्फत कृषि तथा पशु सेवा कार्यक्रममा एक करोड ११ लाख रुपैया प्राप्त गरेको छ । त्यस्तै प्रदेश सरकार बाट विशेष अनुदान कार्यक्रम तर्फ सित भण्डार निर्माणमा ५० लाख, नरंगा कलेस्ती फाँट सिचाँई योजनामा ५० लाख, तरकारी फलफूल कार्यक्रममा १२ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै लकडाउनका कारण यस वर्ष सम्झौता भईसकेका तर सम्पन्न नभएका योजनालाई निरन्तर दिन २० करोड ८० लाख ८७ हजार बजेट विनियोज गरिएको छ । नगर र वडास्तरी सडक आयोजनाका लागि १७ करोड ४३ लाख २५ हजार, खानेपानी तर्फ ४ करोड ६५लाख ९५ हजार, शिक्षा, युवा तथा खेलकुद तर्फ ४४ करोड ८३ लाख बजेट बिनियोजन गरेको छ ।

यसैबीच नगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ मा आय तर्फ आन्तरिक श्रोतबाट आर्थिक वर्ष २०७५÷०७६ को यथार्थ आयमा आन्तरिक श्रोतबाट रु.१४ करोड ४९ लाख ९३ हजार ७६ रुपैयाँ, संघीय सरकारबाट प्राप्त अनुदान रकम रु.८८ करोड १४ लाख ७७ हजार १ सय ७२ रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट प्राप्त अनुदान रु.१ करोड १ लाख ५६ हजार २ सय ६१ रुपैयाँ, अन्य निकायबाट प्राप्त रकम रु.७ करोड ७ लाख २९ हजार ५ सय ४० रुपैयाँ, जनसहभागिता नगद र संचित कोषमा अघिल्लो वर्षको अल्या रकम रु.९ करोड ५९ लाख ७० हजार ९ सय ९१ रुपैयाँ गरी जम्मा आय रु.१ अर्ब २० करोड ३३ लाख २७ हजार ४० रुपैयाँ रहेको छ । खर्च तर्फ चालु खर्च रु.६५ करोड ५३ लाख ६५ हजार १ सय २ रुपैयाँ, पूँजीगत खर्च रु.४२ करोड ७० लाख ५० हजार १ सय १३ रुपैयाँ र संचित कोषमा रहेको रकम रु.१२ करोड ९ लाख ११ हजार ८ सय २५ रुपैयाँ गरी जम्मा रु.१ अर्ब २० करोड ३३ लाख २७ हजार ४० रुपैयाँ खर्च रहेको देखाईएको छ ।

चालु आर्थिक वर्ष २०७६÷०७७ को जेठ मसान्तसम्म कुल यथार्थ आय रु.१ अर्ब २५ करोड ८७ लाख ८० हजार ८ सय ५२ र कुल व्यय रु.९७ करोड ६६ लाख ९३ हजार २ सय ३२ देखाईएको छ । यस अघि २०७६ माघमा बत्तीसौ नगर सभाबाट पारित चालु आर्थिक वर्ष २०७६÷०७७ को संशोधित आय संघ सरकारबाट प्राप्त अनुदान रु.१ अर्ब १ करोड ६९ लाख ८ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त अनुदान रु.३ करोड ४५ लाख २५ हजार, आन्तरिक श्रोतबाट प्राप्त रकम रु.१६ करोड ६ लाख ९६ हजार, अन्य आयबाट प्राप्त रकम रु.८ करोड, लागत सहभागिताबाट, गाउँ नगर साझेदारी र अघिल्लो वर्षको अल्या गरी रु.१५ करोड ६१ लाख ४७ हजार ७ सय १७ रुपैयाँ गरी कुल रु.१ अरब ४४ करोड ८२ लाख ७६ हजार ७ सय १७ रुपैयाँआय अनुमान रहेको छ ।

त्यस्तै खर्चतर्फ चालु खर्च रु.७९ करोड ४१ लाख ४३ हजार र पूँजीगत खर्च रु.६५ करोड ४१ लाख ३३ हजार ७ सय १७ रुपैयाँ गरी जम्मा रु.१ अर्ब ४४ करोड ८२ लाख ७६ हजार ७ सय १७ रुपैयाँ संशोधित खर्च अनुमान गरिएको छ । आगामि असार २५ गते पुनः बस्ने गरि नगर सभा स्थगित गरिएको छ ।

Show More

Related Articles

Back to top button