समाचार

व्यासमा कक्षा ११ को परीक्षा कात्तिक १९ बाट

कोरोना त्रासको बीचमा पनि व्यासमा कक्षा ११ को परीक्षा हुने भएको छ । यहि कात्तिक १९ गतेबाट व्यास नगरपालिका भित्र रहेका विद्यालयहरुमा कक्षा ११ को परीक्षा लिईने भएको हो । नगरपालिकाले कार्यतालिका प्रस्तुत गरेपछि परीक्षा दिने विधार्थीलाई स्वास्थ्य सुरक्षाका सबै प्रक्रिया पुरा गरेपछि हलमा प्रवेश गराएर परिक्षा लिईने भएको छ । संक्रमण दर तीव्ररुपमा बढिरहेको तनहँुमा पनि परीक्षा दिन पुग्ने विद्यार्थीलाई मास्क, सेनिटाइजर, शरीरको तापक्रम जाँच गरेर परीक्षा दिन लगाईने व्यास नगरपालिकामा शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिए । उनले भने, ‘कोरोनाबाट बच्न र बचाउनका लागि परीक्षा हलमा जानुअघि अनिवार्य स्वास्थ्य चेकजाँचका साथै मास्कको प्रयोग गर्न लगाइएको छ । ’ उनले थपे,‘उच्चरुपमा सावधानी अपनाई परीक्षा लिईन्छ । ’ विद्यार्थी र शिक्षक सबैको स्वास्थ्य जाँच र सुरक्षा सामग्री प्रयोगपछि मात्रै परीक्षा सुरु रेग्मीले बताए । कोरोनाका कारण लामो समयसम्म भएको लकडाउनले नियमित विद्यालय जान नपाएका विधार्थी परीक्षा दिने तयारीमा छन् । एकातिर कोरोनाको त्रास छ भने अर्कातिर नियमित पढ्न नपाइ परीक्षा हुने कुराले अन्यौलमा रहेको एक विधार्थीले बताए । सम्बन्धित विद्यालयले आफ्नो अनुकुलता अनुसार परीक्षा संचालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ तनहँुले जनाएको छ ।

Show More

Related Articles

Back to top button