सम्पादकीय

विश्व मुटुरोग दिवसको शुभकामना

दमौली खबर संवाददाता

आज विश्व मुटुरोग दिवस परेको छ । यो दिवसको अवसरमा विभिन्न संघ सस्थाहरुद्धारा विभिन्न कार्यक्रम विश्वभर विभिन्न ठाउँमा मनाईन्छ । नेपालमा यो दिवसलाई प्राथमिकता दिँदै कार्यक्रमहरु हुने गर्दछ । विश्वमा सबैभन्दा धेरै मानिसको मृत्यु मुटु रोगले हुने गर्दछ तर पनि यस रोगको न्यूनिकरणको लागि धेरै चासो दिईएको पाईदैन । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोगले गर्दा हुने गर्दछ । यो तथ्याङ्क अन्य रोगको भन्दा धेरै हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी भएइकोले रोगबारे सचेतना जगाउनु आवश्यक छ । यो एउटा महामारीको रूपमा देखापरेको छ । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा “युज हार्ट फर एभ्री हार्ट (मन लगाऔं मुटु बचाऔं) वा हरेक मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने रहेको छ । धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने, बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी , ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिने चिकित्सक बताउँछन् । चुरोट रक्सीको सेवन नर्गने, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राख्न ध्यान दिन जरुरी छ । यस्तैगरी तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने, अनावश्यक तनाव नलिने, लोभ लालचमा नफस्ने, फलफूल खाने बानी बसाल्नु आवश्यक हुन्छ । स्थानीय सरकारले मु्टु रोग सचेतना कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्ने हो भने रोग न्यूनिकरणमा टेवा पुग्दछ । योगको माध्यमबाट रोगबाट जोगिन सकिने भएको यस तर्फ ध्यान दिनु उपयुक्त हुन्छ ।

 

Show More

Related Articles

Back to top button