Uncategorized

विविध कार्यक्रम गरि रोट्रयाक्टले मनायो ’रोटा सप्ताह’

दमौली खबर सम्बाददाता
चैत १ , दमौली

तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीले विविध कार्यक्रम गरि ’रोटा सप्ताह’ मनाएको छ । क्लबले पहिलो दिन सप्ताहको उद्घाटन क्लबका सदस्यहरु बीच होलि खेलेर गरेको थियो ।

दोस्रो दिन अन्सन चौतारी परिसरमा महर्षि वेदव्यासको मुर्ति सहितको संरचना निर्माणको ब्यानर परिवर्तन गरिएको थियो ।

त्यसैगरि तेस्रो दिन विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सम्बन्धि सचेतनामुलक पोस्टर विद्यालय र सार्वजनिक स्थलमा राखिएको थियो ।

चौथो दिन वेदव्यास जेष्ठ नागरिक वृद्धा आश्रमलाई सहयोग संगै क्लबका अध्यक्ष मनोज राउतको जन्मदिन समेत मनाइएको थियो ।

त्यस्तै रोटा सप्ताहको पाचौं दिन रोटरी र रोट्रयाक्ट क्लब बीच संयुक्त बैठक भएको थियो । त्यस्तै छैटौं दिन सरकारी कार्यालय संग मैत्रीपुर्ण टेबलटेनिस खेलेको थियो । त्यस्तै आइतबार क्लबले आफ्नो विदेशको मितेरी क्लब संग अनलाईन मार्फत क्लब गतिविधि साटासाट र छलफल गर्ने क्लबका इन्टरनेशनल सर्भिस डिरेक्टर धिरज श्रेष्ठले जानकारी दिए ।

Show More

Related Articles

Back to top button