Uncategorized

देउमायाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लियो

 

देवघाट गाँउपालिका वडा नं १ मा गत १२ गते भएको महिलाको मृत्यको घटना मा जिल्ला प्रहरी कार्यालय तनहँुले जाहेरी दर्ता गरेको छ । गत फागुन १२ गत देवघाट १ मानुङमा आफ्नै घरमा झुण्डिएको अवस्थामा प्रहरीले १६ बर्षकी देउमाया थापाको शव फेला पारेको थियो । घटनाको अर्काे तीन दिन पछि देउमायाको माइती पक्षले मृत्यु शंकास्पद भन्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा किटानी जाहेरी दिएका थिए । तर प्रहरीले देउमायाको बुबा सोही वडा को कालिका टार बस्ने प्रेमबहादुर थापाको जाहेरी दर्ता गर्न मानेको थिएन । घटनाबारे प्रहरीले चासो नै नदिएको भन्दै बुधबार करिब २ सयको संख्यामा मृतकका आफन्तजन र माइतीपक्ष जिल्ला प्रहरी कार्यालय तनहँु घेराउ गर्न पुगेका थिए ।

प्रहरी कार्यालय घेराउ गरेको दिनमा प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक विनोद शिलवाल मृतक महिलाको आफन्तले ज्यान सम्बन्धी कसुर मुद्धा दर्ता गर्न खोजेपनि उक्त घटनाको लागि प्रमाण स्पष्ट नभएकाले मुद्धा गर्न नमिल्ने बताएका थिए । त्यसको भोलि पल्ट प्रहरीले उक्त घटनाको जाहेरी लिएको छ । उक्त घटनालाई आत्महत्याको मुद्धा भन्दै जाहेरी लिएको छ । तर गाँउलेहरुले पनि हत्या भएको घटनालाई हत्याकै मुद्धा लगाउनु पर्ने माग गरेका छन् ।

Show More

Related Articles

Back to top button