दमौली खबर संवाददाता
तनहुँ ,भदौ २१
तनहुँको एक विद्यालयले विद्यालयलाई आत्मनिर्भर बनाउन सीप सिकाउन थालेको छ । व्यास नगरपालिका–१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले सिप सिकाउन थालेको हो ।
“ सिप सिकौ आत्मनिर्भर बनौ, संस्कृती र परम्पराको जगेर्ना गरौ’’ भन्ने मुल उद्देश्यका साथ प्रत्येक दिन अन्तिम प्रियडमा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरेको छ । जसमा नृत्य, गायन,बाध्य बादन, वतृत्वकला, हस्तकला, चित्रकला लगायत का सिप आर्जन सगै संस्कृति र परम्पराको समेत जगर्ना गराउने गरेको हो । प्रधानाध्यापकमा प्रेम बहादुर दरै नियुक्त भए पछि यस्तो कार्यक्रम सञ्चालन गरिए पछि विद्यार्थी तथा अभिभावक खुसी भएका छन् । सो कार्यक्रममा शिक्षक शिक्षिकाहरू प्रशिक्षक रहनु भएको छ भने विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको छ ।

