समाचारAll

वडा नम्बर १२ पनि सचेतना कार्यक्रम गरियो

दमौली खबर संवाददाता

दमौली, असोज १२  गते

सहरी वडाका अतिरिक्त व्यास नगरपालिका वडा नम्बर १२ मा पनि लामखुट्टे खोजौं र नष्ट गरौं अभियान सञ्चालन गरिएको छ । वडाध्यक्ष बमबहादुर आलेको अध्यक्षमा बसेको वैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकको सञ्चालन घाँसीकुवा स्वास्थ्य चौकीका प्रमुख हरिश्चन्द्र न्यौपानेले गर्नु भएको थियो । बैठकले डेंगु तथा सेतो पुतली नियन्त्रण तथा रोकथाम गर्ने सन्र्दभमा जनप्रतिनिधीहरु, टोलका अध्यक्षहरु, विद्यालयका प्रअहरु, क्लबहरु, समुहरुलाई परिचालन गरि रोग नियन्त्रणको लागि सामुहिक अभियान सञ्चालन गरिने निर्णय गरिएको छ । टोलहरुमा विनियोजित रकम समयमा नै खर्च गर्नु पर्ने कुरामा छलफल भएको थियो । कार्यक्रममा स्वागत वडा सदस्य विज्ञान कैनीले स्वागत गर्नु भएको थियो । कार्यक्रम वडा सदस्य हर्क बहादुर कार्की, सिद्धेश्वरी माविका प्रअ नारायणप्रसाद अधिकारी लगायतले धारणा राख्नु भएको थियो । लामखुट्टेको बासस्थान मास्ने, लार्भा र फुलको नष्ट गर्ने अभियान १२ वटै टोल र विद्यालय मार्फत प्रभावकारी ढंगले गर्ने प्रतिबद्धता सहभागीले गर्नु भएको थियो ।

Show More

Related Articles

Back to top button