समाचार

वडाध्यक्षलाई मातृ शोक, नेता जोशीद्धारा दुख व्यक्त

व्यास नगरपालिका–७ का वडाध्यक्ष सतिशचन्द्र न्यौपानेलाई मातृशोक परेको छ । वडाध्यक्ष न्यौपानेकी माता हरिकुमारी न्यौपानेको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । न्यौपानेको पार्थीव शरिरको पाथ्राघाटमा विहीबार नै दाहसंस्कार गरिएको छ । न्यौपानेकी दुई छोरा र एक छोरी छन् । यसैबिच वडाध्यक्ष न्यौपानेलाई परेको मातृ शोकप्रति पूर्व गृहमन्त्री एवंम् नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले दुख व्यक्त गरेका छन् । न्यौपानेको निधनले आफुलाई स्तब्ध बनाएको उनले बताए । स्वर्गिय आत्माको बैकुण्ठ बासको कामना गर्दै जोशीले शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै समवेदना प्रकट गरेका छन् ।

न्यौपानेको निधनमा जोशीले उनकापति स्वर्गिय हरिश्चन्द्र न्यौपानेलाई समेत स्मरण गर्न भ्याए । हरिश्चन्द्र २००३ साल देखि नै राण शासनको बिरुद्धमा सकृय रुपमा जनताको हक अधिकारको लागि लड्ने साहासिक व्यक्ति थिए । २०१७ सालको काण्डपछि पटक पटक गरेर साढे तिन वर्षको जेल जिवन बिताएका उनि नेपाली काँगे्रसका निष्ठावान व्यक्ति रहेको उनले । यसैबीच विपि विचार समाज तनहँुले काँगे्रस नेता हरिशचन्द्र न्यौपानेको धर्मपत्नीको न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेको छ । समाजका सचिव हरिशरण पण्डितका अनुसार प्रजातान्त्रीक आन्दोलनमा आजिवन निस्र्वाथ भावनाले राजनीतिक क्षेत्रमा सहयोग पुराएको हुदाँ उनको योगदानको स्मरण गरिएको बताए ।

Show More

Related Articles

Back to top button