हेडलाईनसमाचार

राप्रपा अध्यक्ष लिङ्देन र युवा नेता जोशीबीच भेटवार्ता, विदेश फर्केकालाई स्थायीत्व दिने वातावरणको विषयमा छलफ काठमाडौं,

काठमाडौं, १ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र युवा नेता दीपक राज जोशीबीच बमंगलबार राप्रपाको पार्टी कार्यालयमा भेटवार्ता सम्पन्न भएको छ।

दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, आगामी राजनीतिक दिशातर्फ मुलुकले लिनुपर्ने बाटो, र विशेषतः विदेशबाट नेपाल फर्किएका युवालाई देशमै स्थायीत्व दिन सक्ने वातावरण निर्माणबारे गहिरो छलफल भएको राप्रपा स्रोतले जनाएको छ।

भेटवार्तामा स्वदेश फर्केका युवाहरूलाई कसरी नेपालमै अवसर सिर्जना गरेर रोक्न सकिन्छ भन्नेबारे विचारविमर्श गरिएको थियो। साथै, अझै विदेशमा रहेका दक्ष जनशक्तिहरूलाई स्वदेश फर्कन प्रेरित गर्न सकिने उपायहरूबारे समेत छलफल भएको बताइएको छ।

नेता जोशीले नेपाल फर्केर देशमै केही योगदान दिने सोच राखेका युवाको ऊर्जा सदुपयोग गर्न नीति निर्माणमा स्पष्टता र प्रतिबद्धता आवश्यक रहेको बताएका थिए। अध्यक्ष लिङ्देनले समेत स्वदेशमै सिर्जना गर्न सकिने सम्भावना र अवसरहरू पहिचान गर्दै राप्रपा सधैं सकारात्मक कदम चाल्न तयार रहेको संकेत गरेका थिए।

अमेरिकाबाट फर्किएका युवा नेता दीपक राज जोशीको निर्वाचन मुद्दा अहिले सर्वोच्चमा चलिरहेको छ।

तनहुँ लामो समय अमेरिका बसेर फर्किएका स्वतन्त्र युवा नेता दीपक राज जोशीले गत स्थानीय निर्वाचनमा व्यास नगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। निर्वाचनका क्रममा नेपाली कांग्रेसले आफूमाथि सङ्गठित आक्रमण गरेको आरोप लगाउँदै जोशीले मतगणनामा धाँधली भएको दाबी गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए।

उच्च अदालतले पूर्ण मतगणना गर्न आदेश दिए पनि सोही अदालतका रजिस्ट्रारले मतगणना प्रक्रिया रोकिदिएका थिए। हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

जोशी हाल नेपालमै स्थायीरूपमा बसेका छन् र युवा नेतृत्वको प्रतिनिधित्व गर्दै पारदर्शी र वैकल्पिक राजनीतिका लागि सक्रिय छन्।

 भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Show More

Related Articles

Back to top button