समाचार

म्याग्दे ७ को कार्यालय एक साताका लागी बन्द

तनहुँको म्याग्दे गाउँपालिका–७ को वडा कार्यालयको सेवा एक साता बन्द गरिएको छ । वडा कार्यालय नजिकैका एक पुरुषको हालै कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्न र वडालाई कोरोना सङ्क्रमणबाट सुरक्षित राख्न बिहीबारदेखि एक साताका लागि कार्यालयको सेवा प्रवाह बन्द गरिएको हो ।वडा कार्यालयको अनुरोध बमोजिम बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त वडाका अत्यावश्यक सेवा बाहेकका कार्य मङ्सिर १८ गतेसम्म बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

Show More

Related Articles

Back to top button